को चुप्प बस्न सक्छ ? – हस्तबहादुर केसी

२०७१ भाद्र १ गते, आईतवार


राष्ट्रिय स्वाधिनता माथि
धावा बोलीरहेको बेला
हाम्रो सिमानाहरु
पराइले मिचिरहेको बेला
हाम्रा नदीनालाहरु
पराइलाई बेच्ने तयारी भइरहेको बेला
हाम्रा जंगेपिलरहरु
पराइले गायब पारिरहेका बेला
हाम्रो प्यारो जन्मभूमि
पराइले अतिक्रमण गरिरहेको बेला
ट्वाल ट्वाल्ती हेरेर
को चुप्प बस्न सक्छ ?
यहाँका दलालहरुले
हाम्रा नदीनालाहरु
हाम्रो अपर कर्णाली – पञ्चेश्वरलाई
खरबौं कमिशनको लोभमा
पराइलाई बेच्ने
तयारी भइरहेको बेला
को चुप्प बस्न सक्छ ?
कलिला छोरी चेलीबेटीहरु
सामुहिक बलात्कारमा परिरहेको बेला
सैयौं लाशहरु
बाढीपैरोमा पुरिएको बेला
लालाबाला टोकेटोकीहरुले
आमाबाबु गुमाइरहेको बेला
को चुप्प बस्न सक्छ ?
महंगी अभावले
सगरमाथा काटीरहेको बेला
अनिकाल भोकमारिले
गरीब दुःखीहरु
भोकभोकै मरिरहेको बेला
अभाव बेरोजगारीले
लाखौं युवायुवतीहरु
पराइतिर पलायन भइरहेको बेला
गाउँ बस्तीहरु
युवाविहीन भइरहेको बेला
को चुप्प बस्न सक्छ ?
चोरी डकैती
लुटपाट
घुस भ्रष्टाचार
कमिशन तस्करीले
सिमा नाघीरहेको बेला
को चुप्प बस्न सक्छ ?
र्सबसाधारणले
सिटामोल जीवनजल सम्म
खान नपाइरहेको बेला
सत्ताधारी दलालहरु
खोकीको औषधी गर्न
अमेरिका, बेलयात, थाइल्याण्ड पुगेर
राष्ट्रको करोडौं रकम
स्वाहाँ पारिरहेको बेला
को चुप्प बस्न सक्छ ?
जनताको मत बटुलेर
बनेको संविधान सभा
प्रतिक्रान्तिको हतियार
बनिरहेको बेला
को चुप्प बस्न सक्छ ?
त्यसैले त
अब
साराका सारा
मानव समुदायहरु
एकजुट भएर
आन्दोलनको राँको
बाल्नुको बिकल्प छैन
परिवर्तनको आँधिवेरी
सृष्टि गर्नुको बिकल्प छैन
क्रान्तिको ज्वारभाटा
पैदा गर्नुको बिकल्प छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार