‘सुम्निामा’ लाई सम्मान

२०७१ माघ २५ गते, आईतवार

काठमाडौ ।आदिवासी चलचित्र अवार्ड जित्न सफल चलचित्र ‘सुन्मिमा’ तथा कला क्षेत्रमा महत्पूर्ण योगदान पुर्याउँने स्रष्टालाई सम्मान गरिएको छ । काठमाडौँको संवाद डबलीमा एभरेष्ट कल्चर एण्ड एकेडेमीले एक सम्मान कार्यक्रम गरि सम्मान गरेको हो । आदिबासी जनजातिको सस्कार र संस्कृतलाई मुख्य विषय बनाएर बनाइएको उक्त चलचित्रलाई सरकारले उत्कृष्ट घोषित गर्दै राष्ट्रिय अवार्ड प्रदान गरेको थियो ।
प्रविण पुमाको कथालाई चन्द्र वाङबुलेले निर्देशन गरेको चलचित्रमा नायिकाको रुपमा प्यारी राईले भूमिका निर्वाह गरेकी छन् । खेजी राईले चलचित्र निर्माण गरेकी हुन । कथा लेखक पुमाले नै नायकको भूमिको निर्वाह गरेका छन् । त्यसैगरी नायक, नायीका निर्देशकले आफूलाई यसले आत्मसम्मान गरेको अनुभूति भएको बताएका थिए । कार्यक्रममा बोल्दै निर्मात्री खेली राईले यो अवार्डले आफूलाई यो क्षेत्रमा अग्रसर हुन प्रेरणा प्रदान गरेको बताइन ।
सम्मान कार्यक्रममा फिल्मी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै खेरी राई, गीतकार तथा गायक हस्त लिवाङलाई सम्मान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राईले सम्पमान प्रदान गरेका थिए । आदिबासी चलचित्रमा योग पुर्याउने सबैलाई धन्वादा दिदै अझ अगाडी बढ्न आग्रह राईले गरे । चलचित्रको सम्पूर्ण टीमलाई सँगै पाउँदा खुशी सम्मान गर्न पाउँदा खुशी लागेको राईले बताए ।
चौथो विश्वका चलचित्र भनेर चिनिने आदिबासी जनजातिको संस्कार र संस्कृतिमा निर्माण गरिएका चलचित्रको माग बढिरहेको चलचित्रकर्मी दिपेन्द्र राईले
बताए । उनले केही बर्ष पहिलेसम्म ५ प्रतिशतमात्र रहेको दर्शक यो क्षेत्रका चलचित्रको हाल संख्या २० देखि ३० प्रतिशत पुगेको बताए । कार्यक्रममा प्रविण पुमा, युवरा राई, प्यारी राई, जनसरी राई, स्वर्णदीप राई, नामकला राई जमानसिंह राई, बालन्द राई, उदय पौड्यल, सुरेन्द्र चन्द, राकेश ओली दिपेन्द्र राई, सुमन बराल लगायतका कला क्षेत्रका स्रष्टालाई मायाको चिनो प्रदान गर्रिको थियो । कार्यक्रममा जनजाति अगुवाहरुले मन्तव्य राख्दै चलचित्रकर्मीहरुलाईनिरन्तर अगाडी बढ्न आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार