महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार शास्त्री र नौलखालाई

२०७१ फाल्गुन १४ गते, बिहीबार

काठमाडौ । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार–२०७१ अर्घाखाँची निवासी राजनीतिक विचारक एवं अभियन्ता ढुण्डीराज शास्त्री र मोरङ निवासी राजनीतिक सामाजिक अभियन्ता भीमराज नौलखालाई प्रदान गर्ने निर्णय भएको छ ।सो पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ ।
त्यसैगरी प्रतिष्ठानद्वारा सामाजिक पुनःजागरणका लागि स्थापित प्रेमसागरी देवी निधि पुरस्कार महिला सशक्तीकरण,असहाय बालबालिका पुनःस्थापन,सिप विकास र ज्येष्ठ नागरिक सेवा तथा विभेदमुक्त समाज निर्माणमा सक्रिय काठमाडौँ निवासी इन्दिरा सापकोटा र चितवन निवासी मीना खरेललाई प्रदान गर्ने निर्णय भएको छ । सो पुरस्कारको राखि रु ५१ हजार छ ।सो पुरस्कार महेन्द्रनारायण निधिको ९४ औँ जन्मजयन्ती फागुन १३ गते हुने कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार