रोल्पाकी छोरी – वैरागी जेठा

२०७१ फाल्गुन १७ गते, आईतवार

रोल्पाकी छोरी
क्रान्तिको बाटो हिँड्दा अक्रान्ति हुन सक्छ
हरेक स्पातीमैदानहरूमा
स्पाती मैदानका भेलहरू विरूद्ध
एउटा भाइरस छिरेको हुन्छ
वर्गसङ्घर्षको दुध चोर्न
भुनभुन गर्दै घुमिरहेको हुन्छ
सायद तिमीलाई थाहाछैन
रोल्पाकी छोरी
तिम्रो मार्चपासमा
उभिएको भाइरसले
तिम्रो विचारहरूलाई डसिरहेको हुन्छ
मलाई सह्यहुँदैन
स्वीकार गर
कविता
भाइरस यसरी छिरेको छ कि
तिम्रा सपनाहरू भत्काउन
बयान रव्याख्या गरेर सम्भव छैन
रोल्पाकी छोरी
चुपचाप बस्न नसकेर
कविताबाट विद्रोह गरिरहेछु
अब छोड्ने छैन
अब काम्ने छैन
तिम्रो क्रान्तिको बाटो पक्रिँदै
गवारो भाइरस मार्न
किटनास औषधी खोज्न हिँडेको छु
जलजलाको हिमाल तिर
तिमीले भाइरस चिन्नै पर्छ
सङ्घर्षको गुफाबाट उछिट्टिएकी
तिमीले
अरणि घोटिएर उत्पन्न भएका अग्निझैँ
रोल्पाकी छोरी फैलिनु छ
राम्रो बाटो भनिरहेछु
योग्य तेजहरू छर्दै
तिम्रो नजिकै बसेर
भाइरस विरूद्ध बलिरहेछु
अपार संसार चलाएर
वर्गसंघर्षको दुध चोरेर
पिउने रहर छैन मलाई
भाइरसहरूले
हाम्रा मालिकहरूलाई दुहिरहेकाछन्
हामीलाई दुखबाट तार्छौ भन्नेहरू
यात्राहरूमा अलमलिरहेछन्
रोल्पाकी छोरी
कवितामा स्तुती गरिरहेछु
भाइरसहरूका धेरै रुपहरू
चिन्न सक्नुपर्दोरहेछ
हाम्रो युद्धमा प्रवेशगरेका
धेरै डरलाग्दा भाइरसहरूको अन्त्य गर्न
आफ्ना वेगहरू कुदाउनु पर्छ
भाइरसहरू
आफैँ अदृश्यरुपमा रहेर
दृश्यरुपमा देखा परिरहेछन्
तिम्रो
प्यारो एकीकृत क्रान्तीमा
उवाबाट झरेकि उषाले
कविता लेख्न लगाएकी छिन्
रोल्पाकी छोरी
तिम्रो विलक्ष्ण विद्रोहमा
भाइरसहरूलाई तोडेर
बुद्धिमानहरू सामेल हुनेछन्
चेतनारुप
एकीकृत क्रान्तिको उज्यालोमा
बाटो छेक्ने
दुष्ट भाइरसहरू
तिम्रो यात्रामा हुनुहुन्न
उषाले भनिरहेकीछिन्
शत्रुहरू
तिम्रोबाटो रोक्न हल्ला गरिरहेछन्
स्पष्ट सुनीरहेको छु
रगतका छालहरूद्वारा
हाम्रो भूगोल सिञ्चन गरिरहेकाछन्
तिमीहामीसँगै बगिरहेका
विचारका नदीहरू
तिम्रो अनुमती मागिरहेछन्
रोल्पाकी छोरी
मानिसहरूलाई
राम्ररी बोलाउन
फेरि उवानै फर्किएको छु
तिम्रो आँसु हेरेर
मौन हुन सकिन्न
रोल्पाकी छोरी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार