मैले के अपराध गरें ? – श्यामकुमार बुढा

२०७१ चैत्र २ गते, सोमबार

जति जे गरेनी कहिल्यै नसोझीने
कुकुरको पुच्छर जस्तो बाङ्गो
हाम्रो कमाण्डरको बटारिएको अभिमान
भोगेकै हुँ, सवैलाइ भनिदिँदा के भुलगरें मैले ?
कसैले भनेको नमान्ने
मुर्खपाखण्डी जस्तो कठोर
हाम्रो शिर्षासित नेताको जबर्जस्ती
सहेकै हुँ, सवैलाइ भनिदिँदा के विराएँ मैले ?
कसैले बोलेको नसुन्ने
साँइदुवा जस्तो निर्मम
हाम्रो नायकको साँगठनिक मनपरि
खेपेकै हुँ, सवैलाइ भनिदिँदा के बेइमानी गरें मैले ?
बालीजाने गाइको ढोका थुन्ने
बुढोगोरु जस्तो जैवअबरोधक
हाम्रो क्याप्टेनको आदत
देखेकै छु, सवैलाइ भनिदिँदा के गल्तीगरें मैले ?
दाना खवाएर पालेको
बोको जस्तो नितिहराम अराजक
हाम्रो प्रमुखको बानी
सहेकै हुँ, सवैलाइ भनिदिँदा के पाप गरें मैले ?
बाह्रै महिना वालीजाने
कुकुर्नी जस्तै विधिनाशक
हाम्रो मुखियाको चलन
झेलेकै हुँ, सवैलाइ भनिदिँदा के अपराध गरें मैले ?

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार