जानुको अनुभव बजारमा आउँदै

२०७२ आश्विन १६ गते, शनिबार

काठमाडौँ । गीतकार जानु काम्बाङ लिङदेनले दशैँको अवसर पारेर ‘अनुभव’ नामक पहिलो गीति एल्बम सार्वजनिक गर्ने भएकी छिन् । बाल्यकालदेखि नै साहित्य लेखनमा रुचि राख्ने जानुले आफ्नो प्रेरणाको स्रंोत सञ्चारकर्मी सरोज केसी र गायिका शर्मिला बर्देवा भएको बताएकी छिन् । विद्यालय जीवनदेखि नै साहित्यमा कलम चलाउँदै आए पनि लाजको कारणले आफ्नो कला प्रस्तुत गर्न नसकेको र २०५५ देखि मात्र सक्रिय भएर लेखन विद्यामा अगाडि बढेकी बताउँछिन् । गीतकार जानुले दशैँको समय पारेर ल्याउन लागेको अनुभव नामक गीति एल्बम प्रकाश लिम्बुले संगीत भरेका छन् भने गायकमा प्रमोद खरेल, हेमन्त शर्मा, रजीना रिमाल, आनन्द कार्की, सञ्जीवनी, अमृता लिम्बु, क्षेयसी चेम्जोङ, मेलिना राई र तारा प्रकाश रहेका छन् । सातवटा गीत रहेको यो गीति एल्बमको बजार व्यवस्थापन थ्रीजी साउण्डले लिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार