सहिदहरुको फोटो बोलिरहेको छ मेरो हृदयको एल्बममा – धनिराम सिमखाडा
यौरालिटार चितवन रविनलाई भेटेको ठाउँ रोल्पाको जलजला लेकमा योद्धा र बहुविरलाई भेटेको भूगोल प्रहार दाइलाई खिमडी जाँदाको लामो सहयात्राको यात्री अनि सहिद लोकेश सहजपुर भासुभिर जादाको स्थान नाम र ठामको मात्र सम्झना छ मेरो हृदयको सहिद एल्बममा ! हामी म्याग्दीको वेनि आक्रमणको लागि रुकुमको काडामा पुगेपछि महान जनसमुदायले गरेको स्वागत कार्यक्रममा अविर अनि पूmलमाला पहिरिएको अग्लो जिउडालको सहिद बहुबिरले दह्रो सग हात मिलाएको क्षणहरु मेरो सामु सम्झना मात्र छ । तर उहाँ हरुले कुर्वानी दिईसक्नु भएको छ ! म मेरो हृदयको सहिद फोटोको एल्बम पल्टाउछु कहिले म चितवन यौरालिटार त कहिले रोल्पाको जलजला लेक पुग्छु अनि म्याग्दी जादाको स्वागत कार्यक्रमको संस्मरण गर्दै रुकुम काडा पुग्छु तर सहिदको समुधुर स्वाभिमानि अनुहार मात्र मेरो नयनमा झल्किरहन्छ ! इतिहास बहादुरहरुको हो यो मानेमा हामी संकल्पित छौ बलिदान गर्ने योद्धाको सम्मानलाई दृढतापुर्वक पालना गर्ने संकल्प पतिबद्धता छ आज हामी जमेको पोखरी होइन बगिरहेको महासागर हुन जरुरि छ ! सहिदको सपना पुरा गर्न हामी जोडतोडले लागि परेका छौ ! रगतले इतिहास लेख्नु विरताको प्रतीक रहेछ इतिहासको रक्तिम मार्ग रहेछ कायर गद्दारहरुलाई इतिहासमा अट्ने कुनै ठाउँ छैन यो वाक्यांशले बलिदानले दुनियाँलाई बदल्ने शक्ति पैदा गर्ने दृढता जन्माएको छ हामी त्यही बाटोमा हिडिरहेका छौ हामी जुन जस्तो शितलता प्राप्त गर्ने महाअभियानमा लामबद्ध छौ मुक्तिकामी जनहरुको अधिकार सम्पन्न गर्न हाम्रा अग्रज हरुको समिपमा छौ अन्याय र अत्याचारको पराकाष्ठा हटाउन सूर्यको तेज भएर जलाइरहने हाम्रो कर्तव्य छ ! जस्तोसुकै न्यायपुर्ण आन्दोलनलाई शासकहरुले आतंककारी भन्ने गर्दछन्, कलमहरुमा प्रतिबन्ध लगाउछन् आवाजहरुमा प्रतिबन्ध लगाउँछन तर विचार मर्दैन हामीसँग पूmल छ, माला छ, हामी छौ, हासो र उमंग छ तर आज हामी वास्तविक खुशी छैनौँ किनभने हामीसँग रविन हुनुहुन्न भौतिक रूपमा उहाँ हुनुहुन्न आजकाल सहिदहरुको फोटो साथी बनेको छ ! मैले मेरो हृदयको सहिद फोटोहरुको एल्बम पल्टाउछु क जित लाई देख्छु लोकेश, अनिश, बिशाल, विश्वास, सुनिल, निर्मम, सहिद कमरेडहरु भेटछु अनि कर्णालीको तिर ठुलिगाड खिमडी पुग्छु प्रहार, समुन्द्र खोज्दछु भेटाउँदिन निरास भएर फर्किन्छु अनि आफै सम्झिन्छु उहाँ त सहिद भएर जानु भएको हो, उहाँले हामीलाई दिनु भएको कासन सम्झिन्छु र चित्त बुझाउछु निडर भएर आफै छातीमा हात राखेर स्वाभिमान भएको सहिदको रगतले देश नयाँ भएको आमूल परिवर्तन भएको देख्छु ! सामान्तवाद र तानाशाहहरुले आफ्ना भाडाका सिपाही यमराजले पहरा दिएर घेरिएको र युनिफाइडकमान आकाशमा धुलोपिठो भएर उडेको उडेर स्मरण हुन्छ ! खुशी भएको र जनताको जित भएको साहस गर्दै रातो झण्डा फहराइरहेको आधार इलाका एनान एण्डिजपर्वत चिङकाङसाङा पहाड दुश्मनको अगाडि उभिएको हुन्छ ! बर्दिया जाँदा जित दाईले दिएको कार्वाहीको कासन निर्देशन सम्झदै उहाले भन्नुभएको थियो । हामी दुश्मनको क्याम्प कब्जा गर्न गदैछौ । हामी बाघ झै दुश्मन माथि झम्टिनु पर्छु भन्नुभएको संस्मरण भयो । कोडवाडा, गणेशपुर, खारा, पण्डौनमा जित दाईले काशन गर्दा दुश्मनको पटमुर्ख शक्ति रेन्जर बटालियनलाई लखेटेर फ्याँकेर भागेको भिरबाट लडेको सम्झिन्छु गोर्खाको तान्द्राङमा जन्मेर मकवानपुर झुरझुरेमा केही दिन अघि बटालियनलाई दिएको निर्देशनहरु आज सम्झिदा इतिहास भयो हामी नयाँ इतिहास निर्माण गर्दैछौ ! थानकोट, दधिकोट, पनौतिदेखि चौतारासम्म हाम्रो यात्रा निरन्तर अघि बढिरह्यो दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिअनुसार केन्द्रीकृत र विकेन्द्रीकरण कार्वाहीको अवसरमा २०६२।१०।०७ मा काभ्रेको दारेगौडामा चमत्कारी दुश्मन माथिको आक्रमणबाट न्(घट, ीःन्, ष्लकबक कब्जा र प्रिय कमान्डर अनिषको शहादतले इतिहासमा नयाँ कृतिमान कायम ग¥यो र इतिहास बन्यो यो इतिहास बनेको छ, हाम्रो समीप आज अनिश हुनुहुँदैन सम्झना मात्र वाकी छ ! सम्झनाहरु नाचिरहन्छन् सम्झनाहरु बाची रहन्छन हाम्रो आधार तयार गर्न बलिदान गर्नै पर्छ यो सरल बाट जटिल तिर छिपछिपे बाट गहिराइ तिर जानू क्रान्तिको अनिवार्य नियम हो ! रगतका भोका हरुलाई पानीको गाग्रो देखाएर हुदैन रगत नै दिनुपर्छ त्यसैले हामी जुन भेटाउन आतुर छौ विहानको शुक्र छोप्न तल्लिन छौ हामीलाई सायद लाग्दैन हामी छुट्टियौ विचारमा एउटै लक्ष्य र उद्देश प्राप्तीको लागि सँगै सहयात्रामा छौ कसैले इतिहासमा आफ्नो मृत्युवरण गरेर क्रान्तिलाई बचाए हामीले क्रान्तिको रक्षा बिकास गरेर क्रान्ति गरेकाछौ यो नै महान कार्य हो ! मेरो हृदयको पानामा सजाएको सहिदको फोटोको एल्बम पल्टाउछु वेनिमा लडाइ लडने् र शाहदत्त प्राप्त गर्ने वीर सहिद योद्धा,बहुबिर भेटिन्छन् खिमडिमा प्रहार, समुन्द्र पिलिमा लोकेश रोल्पा जिनावाङमा सुनिल, निर्मम कपिलवस्तुमा परिवर्तन दारेचोकमा विश्वास, कुमारी लमाहामा रविन झुरझुरेमा कल्याण, रविन, शिखर, कामना, सुनिता दारेगौडामा अनिश हेटौंडामा आमूल गणेशपुरमा जित, पशुपति, प्रशान्त लगायत कमरेडलाई हृदयको सहिद फोटो एल्बमना भेटने गरेको छु उहाँहरु आज ध्रुवतारा जस्तै अटल अमर र ज्वजल्यमान हुनु भएको छ यो विरता र बलिदानको इतिहास हो यो इतिहास भएको छ सायद त्यसैले होला इतिहास मीठो हुन्छ वर्तमान तितो हुन्छ ! वीर सहिद लालसलाम !!!
