किराँती कथानक एल्मब ‘बलिहाङ’को विमोचन

२०७२ मंसिर १३ गते, आईतवार

काठमाडौं । गीतकार डिके राईको किराँती कथानक गीति संग्रह ‘बलिहाङ’ विमोचन भएको छ । शनिबार राजधानीको अनानगरस्थित संवाद डबलीमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतीथि एवं किरात साँस्कृति सघंकी अध्यक्ष यसोधा राईले विमोचन गरेकी हुन् । किरात समूदायको कला–साहित्य तथा सँस्कृति समेटिएको उक्त गीति एल्बम ‘बलिहाङ’ले भारतमा मिलाइएको सिक्किम समूदायलाई एक ठाउँमा ल्याउने प्रयास गरेको गीतकार राईले व्यक्त गरेका छन् । कार्यक्रममा गीतकार जितेन्द्र राईले बलिहाङले इतिहास जोड्ने काम गरेको बताए । कलाकार चतुर्भक्त राईले एल्बमले सिक्किम र नेपालका कलाकारलाई एक ठाउँमा ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा कलाकारहरु जयकुम्भ राई, तीर्थ मुकारुङ, शान्तिराम राई, रोमबहादुर राई, शंकर साम्पाङ, गणेश राई, भीषण राई, हरिबहादुर राई, तिलक चेम्जोङ, मेनुका राई, कुमार थापा, शिला राई, महेन्द्रबहादु राई, दिलेन्द्र मुकारुङ, मनकुमार राई, जनकराज राई, नारदमणिलगायत वक्ताहरुले एल्बमको सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सभापतित्व गायिका पार्वती राईले गरेकी थिइन् भने संचालन राजु एन राईले गरेका थिए । – बखत रावल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार