आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिदैं

२०७२ फाल्गुन १० गते, सोमबार

काठमाडौं, १० फागुन । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्षतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ ।
स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ । अय अवसरमा काठमाडौँको साँखुस्थित शालीनदीमा विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार