बाल नाटक महोत्सव हुदै

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडाें, ११ फागुन । आगामी बिहीबारदेखि सातौं बाल नाटक महोत्सव आयोजना हुने भएको छ । शैली थिएटर र रुसी सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा सो महोत्सव हुन् लागेको हो । आयोजकले दैनिक तीन देखि चारवटा सम्म नाटक मञ्चन हुने महोत्सवमा मञ्चन हुने जानकारी दिएका छन । ६ बिधाका पुरस्कारको लागि विभिन्न १२ बिद्यालयका नाटककाबीच प्रतिस्पर्धा हुने यो प्रतियोगित्मक महोत्सव गत ६ बर्षदेखि निरन्तर भै रहेको छ।
आयोजकले महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ। कार्यतालिका अनुसार महोत्सवको पहिलो दिन, प्याराडाइस स्कुलको शिसिर वसन्तू, सास्कृतिक सस्थान १९ औ ब्याचको साघुरो दलानू र शैलि थिएटरको नुनको कथा मन्चन हुनेछन।
दोस्रो दिन ओसिड नेपालको कुमारी , सरस्वती स्कुलको बिदेश मोह, साहारा स्कुलको फालिएका हिराहरु, विल्सन एकाडिमिको ओइलाएका फुलू मन्चन हुने छन।
तेस्रो दिन, सनिवार बिद्या बिकास स्कुलको अपराजिता, श्री जनबिकास स्कुलको परिवर्तन आफैबाट, साउथ वेस्टर्न स्कुलको आमाको माया, र कन्स्टलेसन स्कुलको गलत बाटो नरोजौ मन्चन हुने छन।
आइतबार, आइडिएल स्कुलको टुटेको सपना, लालिगुरास बाटिका स्कुलको ब्वासाहरु र शैलीको नुनको कथामन्चन हुने छन। अन्तिम दिन, शैलीको नाटक मन्चन हुने छ भने सोही दिन एक औपचारिक कार्यक्रम गरि महोत्सवमा सहभागी समूहलाइ पुरस्कार दिइने छ।
बालबालिकालाई कला साहित्य र संगीतमा आकर्षण गराइ उनिहरु को प्रतिभालाई देखाउने अबसर प्रदान गर्दै भविष्यको नेपाली रङमञ्च अझ दरिलो बनाउन महोत्सवको आयोजना गरिएको आयोजकहरुको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार