कलेजो फेरेको मान्छेको प्रशंसा

२०७२ चैत्र ८ गते, सोमबार

काठमाडौँ । ‘कलेजो फेरेको मान्छे’का कृतिकार पुण्डहरी अर्यालको भैरहवामा प्रशंसा भएको छ । सिद्धार्थ साहित्य परिषद्को १८४ औँ नियमित संगम कलेजो फेरेको मान्छे विशेषको रुपमा मनाउँदै वरिष्ठ साहित्यकारहरुले उनको लेखनकला र जीवन जिउने कलाको प्रशंसा गरेका हुन् ।
कार्यक्रममा साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाले पुण्डहरी अर्यालद्वारा लिखित ‘कलेजो फेरेको मान्छे’ महत्वपूर्ण कृति भएको बताए । वरिष्ठ कथाकार वनमाली निराकारले कृतिको समीक्षा गर्दै साहसी र सकारात्मक चिन्तनको कथ्यको रुपमा प्रस्तुत कृति उत्कृष्ट भएको बताए । साहित्य परिषद्का निवर्तमान अध्यक्ष विजय सागरले कलेजो जस्तो खतरनाक रोगबाट पीडित भई कलेजोको प्रत्यारोपण गरी आफ्नो जीवनको भोगाईलाई पुस्तकको रुप दिएका अर्यालको साहसिक चिन्तन सबैको लागि अनुकरणीय रहेको बताए । परिषद्का पूर्व अध्यक्ष साहित्यकार मणिराम भट्टराईले २०३८ साल ताका भैरहवा क्षेत्रमा प्रगतिशील चिन्तन बोकेका मध्येका एक पुण्डहरी अर्यालको कृतिले नेपाली भाषा साहित्यमा योगदान दिएको बताए । अर्याल साहित्य परिषद्का पूर्व सचिव समेत हुन् । हाल उनी अमेरिकामा बसोबास गर्ने गर्दछन् । अमेरिकामा छँदै कलेजोका प्रत्यारोपण पछि उनी पुनः नेपाल आएका हुन् । उनको कृतिको मूल्याकंन गर्दै सिद्धार्थ साहित्य परिषद्ले रामकाजी कोनेद्वारा स्थापित सकला वाङ्मय साहित्य पुरस्कार २०७२ प्रदान गरिएको थियो । उनको सम्मानमा आयोजित साहित्यिक कार्यक्रममा स्रष्टाहरु लक्ष्मी अधिकारी, युवराज खनाल, माधव पन्थी, हृदय लेकाली, पुनाराम गिरी, केशव शर्मा बेलवासे, उमेशचन्द्र रिजाल, सरिना मरासिनी, लक्ष्मी शर्मा, कविता रिजाल, वर्षा खनाल, सीता काफ्ले, उमेश लाटोमगर, दुर्गा विश्वकर्मा, सन्तोष पाण्डे, छवि ज्ञवाली, रमेश समर्थन, रुद्र ज्ञवाली, रामबहादुर श्रेष्ठ लगायतले रचना वाचन गरेका थिए ।
परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्व, सचिव नरेश के.सीको स्वागत एवं कार्यक्रम संयोजक कृष्णचन्द्र बस्यालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अर्यालले आफूलाई अभाव र समस्याले जिन्दगीमा साहसी बन्न सिकाएको बताए । – नरेश के.सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार