वैशाख ४ गते सङ्गीत महोत्सव

२०७२ चैत्र २४ गते, बुधबार

काठमाडौं, २४ चैत । आगामी २०७३ वैशाख ४ गते गोरखाको सदरमुकाम रानीपोखरी परिसरमा सङ्गीत महोत्सव हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र गोरखा जेसिज गोरखाको स्थानीय व्यवस्थापनमा महोत्सव आयोजना गरिने भएको हो । प्रतिष्ठानका उपकुलपति तथा संङ्गीतकार शम्भुजित बाँस्कोटाले मङ्गलबार गोरखामा आयोजित पत्रकारसम्मेलनमा गोरखालाई साँस्कृतिक केन्द्र बनाउनुपर्ने बताए । महोत्सवमा स्थानीयस्तरका कलाकारको कलालाई प्राथमिकता दिने पनि बताए । एकदिने महोत्सवमा स्थानीयवासी, राष्ट्रिय कलाकार तथा सङ्गीतकारहरु सहभागी हुनेछन् । “देशमा नयाँ–नयाँ ढाँचाका गीत, सङ्गीत आएपनि पुराना शैलीका गीत सुन्ने श्रोता घटेका छैनन्”, उहाँले भन्नुभयो, “पुराना गीत, सङ्गीतलाई आधार मानेर नयाँ प्रतिभावान् कलाकारको कला प्रस्तुत हुनुपर्छ ।” महोत्सव हेर्न दर्शकले टिकट काट्नु पर्दैन । प्रतिष्ठानले यसअघि पोखरामा नृत्य महोत्सव गरिसकेको छ । गोरखामा सङ्गीत महोत्सव गर्ने र काठमाडौँमा नाटक महोत्सवको तयारी गरिएको पनि बाँस्कोटाले बताए ।
महोत्सवमा कलाकारले प्रत्यक्ष बाजा बजाएर गीत गाउँछन् । “गोरखा सबैभन्दा ठूलो धरहरा हो । यसलाई सङ्गीत क्षेत्रको धरहरा बनाउन चाहन्छौँ”, उनले भने । पत्रकारसम्मेलनमा गोरखा जेसिज गोरखाका अध्यक्ष प्रेमध्वज थापा मगरलगायतले महोत्सवलाई सभ्य, भव्य बनाउन आफूहरु जुटिसकेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार