गायिका क्रिस्टिनामाथि गोली प्रहार, अवस्था गम्भीर

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौं, २९ जेठ । अमेरिकी राज्य फ्लोरिडाको ओरल्याण्डो सहरमा एक जना गायिकालाई कन्सर्ट सकिएलगत्तै गोली हानिएको छ । अधिकारीहरुका अनुसार अमेरिकी टेलिभिजन कार्यक्रम ‘द भ्वाइस’मा समेत भाग लिइसकेकी गायिका क्रिस्टिना ग्रिमीको अवस्था गम्भीर छ। प्रहरीका अनुसार क्रिस्टिनामाथि त्यतिबेला गोली प्रहार गरियो जतिबेला उनी अटोग्राफ दिइरहेकी थिइन् ।
आक्रमणकारीलाई क्रिस्टिनाकै भाइले समातेका थिए । तर, गायिकामाथि गोली प्रहार गरेर आक्रमणकारीले आफूमाथिसमेत गोली प्रहार गरेका छन् । २२ वर्षीया क्रिस्टिननालाई स्थानीय अस्पताल पुराइएको प्रहरीले जनाएको छ। प्रहरीले आक्रमणकारीको नाम भने बताएको छैन । सन् २०१४ मा ‘द भ्वाइस’ को छैठौ सिजनमा क्रिस्टिना तेस्रो नम्बरमा रहेकी थिइन् । आक्रमणकारीसँग दुई वटा बन्दुक रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको छानविपन सुरु गरिसकेको जनाएको छ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार