जिउनु छ … – कृष्ण वनेम

२०७३ श्रावण ३ गते, सोमबार

जिउनु छ जिईन्दै छ
कंकृटको शहर
हङकङगेली नेपाली जीवन
एक कंकृट तातिएको राप
अर्को जुलाईको चर्को घामको राप
बर्षाको भेलले लुथ्रुक्क भिझे झै
पसिनाको लुथ्रुक भिझाई
छ दिन कामको लखतरान थाकाई
वीक एन्डिङ सण्डेको एक दिन
पिउनेले एक कुन्टा ड्रीन्क
नपिउनेले एक कुन्टा सब्ड्रीन्क
हङकङका नेपालीहरूको
बसी बियालो रमाइलो चौतारी
यता जोर्डन वासीहरूको हुल
मस्त बूढो पार्क विश्राम स्थल
उता चुनवान वासीहरूको हुल
ब्यस्त धोती पार्क विश्राम स्थल
त्यस्तै
युनलङ वासीहरूको हुल
मस्त अठार पार्क विश्राम स्थल
मङकक वासीहरूको हुल
ब्यस्त खुर्शाने पार्क विश्राम स्थल
चट्ट सङ्गले हप्ताको एक दिन
साथी2 भेट्ने
आआफ्नो नजिकको पार्क स्थल
भेट पछि साथी-साथीको भलाकुसारी
हङकङ गतिबिधी हाल खबर
काम गति विधि खबर
ब्यक्ती रुचिनुसार
काम अवशरहरूको बहस
पारिवारिक छलफल
शिक्षाको छलफल
सामाजिक बहस
अर्थतन्त्र बहस
नेपालको राजनीति
नेताहरूको बिश्लेसन
विश्व बहस
आआफ्नो बिचारको संश्लेसन
आआफनै प्रकारको चिन्तन
आआफ्नो धारणा साटासाट
सोच भिन्न भिन्नै
उद्धेश्य एउटै
देशको उन्न्नती र बिकासको चाह
गन्थनको समाप्ती
साथी-साथी बिसर्जन
केही सपिङ तानाबुना
रूममा ब्याक
रिसैकल बिन
छुट्टीको अन्त्य
काम कुरो शुरू
हप्ता दिनको रूटिन रेडी
एबम प्रकारको काम निरन्तर
श्रमिक सर्टिफिकेट
बाध्यता श्रमिक जीवन
जिउनु छ जिईन्दै छ

– हाल : हङकङ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार