गायक सुनील बर्देवाको निधन

२०७३ भाद्र २९ गते, बुधबार

काठमाडौं,२९ भदौ । गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । ‘गोरेटो अनी उस्तै छ गल्ली’ ‘बिहानीमा अनि साँझमा’लगयत चर्चित गीतका गायक,
संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टका रुपमा परिचित बर्देवा जन्डिसबाट पीडित थिए । उनले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
दर्जनौं चर्चित गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए । तर उनी गायन र संगीतबाट चिनिएका थिए ।
शास्त्रीय सांगीतिक ‘मेट्रिक्स’ब्यान्डमा पनि सक्रिय उनी नयाँ एल्बमको तयारीमा थिए । काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ । छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छन् । बुधबार बिहान प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रद्धान्जलीका लागि बर्देवाको शव राखिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार

उल्लासमय शुभकामना !

२०८२ बैशाख १ गते, सोमबार