‘आदिबासी संस्कृतिमाथि योजनावद्ध आक्रमण’

२०७३ मंसिर १७ गते, शुक्रबार

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङगले नेपाली सस्कार र संस्कृतिमाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘नेपाली विशेष गरेर आदिबासी–जनजातिको कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसको विरुद्धमा लाग्नु आजको आवश्यकता हो’ गुरुङले भने । बिहीबार फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लि.ले संवाद डबलीमा आयोजना गरेको ‘सम्मान तथा शुभसाइत’ कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालमा अझै सामन्तवादी संस्कृतिले जडा गाडेको बताए । उनले नेपाली सस्कार र संस्कृतिमाथिको बाह्य आक्रमणलाई सामन्तवादी संस्कृतिले सहयोग गरिरहेको बताए ।
फाल्गुनन्द लिङदेन फिल्मस प्रालिको व्यानरमा निर्माण हुन लागेको चलिचित्र ‘दुस्साहस’ को सुभारम्भ पनि गरिएको थियो । दिनेश लिङदेनको निर्माता तथा निर्देशनमा बन्ने उक्त चलचित्रमा सोम लामा, अजय खड्का, निषा पोमु, प्रिजन श्रेष्ठ, प्रदिप योङहाङ, रुपा राना, विवेघ बेघा, कल्याण राई, उदय सुब्बा, मेहन्द्र कुमार राईलगायतका कलाकारहरुले चलचित्रमा अभिनय गर्ने जानकारी पनि गराइएको थियो ।
कार्यक्रममा डा. बिजय लिङदेन, कल्पना योङहाङ, उदय सुब्बालगयतले नयाँ चलचित्रको लागि शुभकामना दिएका थिए । यही हप्ताबाट छायांकन सुरु गरिने उक्त चलचित्रमा राजु किराती, संगीता विकास चौधरीको द्वन्द्वमा भूमिका हुनेछ भने ज्ञानु राइले छायांकन गर्नेछन् ।
चलचित्रमा समेटिने गीतमा रोशन सुवेदी, मेनुका राई, पाश्र्वले स्वर दिनेछन् ।
कार्यक्रममा छक्का पञ्जाकी निर्देशक तथा कलाकार दिपा श्री निरौलालगायतका कलाकार र समाजसेवीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार