अचेल – अशोक कुँवर ‘नेत्र’

२०७३ मंसिर २४ गते, शुक्रबार

फुटबल खेलेर तर्साइएको
मेरो जिन्दगीको रङ्गशाला
अचेल विदु्रप बनाइएको छ
खेलाडीका बुटका गोटीहरूद्वारा ।

आइया !
निकालेर ऐजन शब्दहरू
निस्प्राण बन्दै छु
ठोकिएको छ किला
ठ्वाकठ्वाक
हिजो भर्खरैको कुरा हो
खाली पारिएको थियो कबड हल
अब यहाँ दाइँ गर्ने अरे ।

तारेर स्निग्ध सयपत्री फुलको थुँगालाई
युगले चपाएको छ यतिखेर
एउटा स्वादिष्ट परिकार बनाएर
अचेल तिहारमा देखिन्न यसलाई
भव्य महलहरूले जिब्रो पड्कारि सक्यो ।

हाप्सिलाहरू
मक्खन गल्लीको छेँडबाट
हो भर्खरै मैले देखेको
न्युरोडको व्यस्त सडकतिरै हुर्रिएको
छिचोलेर भयङ्कर जङ्गललाई
स्वप्न बागमा ढुलिमुली गर्न
सिंह दरबार पस्नु छ रे उसलाई ।

अचेल
विद्रुप तुल्याइएको छ रङ्गशाला
खाली पारिएको छ कबड हल
चपाइएको छ कोमल स्निग्ध सयपत्री फुल
सल्बलाएका छन् हाप्सिलाहरू ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार