संगीतकार भट्टको सङीतमा ‘एउटै दुख एउटै चोटमा रुन पाएनौ ” गीतको पुरुस आबाज रेकर्ड सम्पन्न

काठमाडौँ, २४ मंसिर । नेपाली गीत संगीतको बजारमा एक अर्को प्रतिभाको उदय भएको छ । गोर्खा जिल्लामा जन्मिएर हाल बर्दियामा बसोबास गर्दै आएकी सिमा चन्द यस क्षेत्रमा प्रवेश गरेकी छन् । उनको प्रस्तुतिमा छ र यहाँ नरुने कुन आँखा , आँसु एउटै रोएनी जुन आँखा , एउटै दुख एउटै चोटमा रुन पाएनौ , तिम्रो मेरो सम्बन्ध सपनि मै सकियो , बिपनिमा सङ्गसङ्गै हुन पाएनौ !! निकै कर्णप्रिय संगीतले शृङ्गारिएको यस गीतमा लय शाहस भट्ट र थेगो राजु बर्देवाको रहेकोछ भने शब्द सिर्जना सन्तोष बानियाको रहेको छ । हालै काठमाडौँ स्थित स्टुडियो मालाश्रीमा यस गीतको पुरुष आवाज कुलेंद्र बिस्वकर्मको स्वरमा रेकर्ड सम्पन्न भएको छ भने अबको केहि दिनमा नै प्रस्तुतकर्ता एवं गायिका सिमा चन्दले यस गीतमा आफ्नो आवाज भर्नेछिन् ।