प्रलेस ३ मा थपलिया, सम्मेलन फागुन २१ मा

२०७३ मंसिर २६ गते, आईतवार

काठमाडौँ । नेपालका कम्युनिस्टहरूका सामन्तवाद र साम्राज्यवाद विरोधी साझा मोर्चाको रूपमा रहेको नेपालको सबैभन्दा पुरानो साहित्यिक सङ्गठन प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नम्बर प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न उक्त भेलाको उद्घाटन प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गरेका थिए । भेलाले केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई प्रादेशिक संयोजकमा निर्वाचित गर्दै ७७ सदस्यीय ३ नम्बर प्रादेशिक समितिको पनि घोषणा गरेको छ ।
भेलामा उद्घाटन मन्तव्य दिंदै प्रमुख अतिथि मातृका पोखरेलले प्रलेसले आफ्नो दायित्व र ऐतिहासिक गरिमामय दिनहरू नबिर्सिएको बताउनुहुँदै यसलाई थप क्रियाशील र प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।
३ नम्बर प्रादेशिक समितिको घोषणा गर्दै महासचिव आरएम डङ्गोलले प्रलेसको पछिल्लो सङ्गठनात्मक अवस्था र यसको औचित्यमाथि प्रकाश पारेका थिए ।
उपाध्यक्षत्रय डा. विन्दु शर्मा, रामप्रकाश पुरी र पुष्करराज भट्ट, महासचिव आरएम डङ्गोल, कोषाध्यक्ष विजयराज आचार्य, सचिवालय सदस्य कृष्णहरि भट्टले भेलाको सफलताको शुभकामना मन्तव्य दिएका थिए । खेम थपलियाको अध्यक्षतमा सम्पन्न उक्त भेलालाई सचिव प्रकाश सिलवालले स्वागत मन्तव्य दिएका थिए भने सचिवालय सदस्य आरसी न्यौपानेले सञ्चालन गरेका थिए ।
भेलामा प्रलेसका केन्द्रीय सदस्य गौरी दाहालले कवितावाचन गरेका थिए भने चर्चित जनवादी गायक रमण थामी र सरस्वती अधिकारीले राष्ट्रियतासम्बन्धी गीत गाएका थिए ।
भेलामा नवनिर्वाचित संयोजक तथा केन्द्रीय उपाध्यक्ष खेम थपलियाले नेपालका राजनीतिक पार्टीहरू कमजोर हुँदै गइरहेको बेला प्रलेसले आफ्नो उपस्थिति बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए । आगामी २०७३ फागुन २१ गते ३ नम्बर प्रदेशको पहिलो प्रादेशिक सम्मेलनको मिति प्रस्ताव गर्दै संयोजक थपलियाले प्रतिवेदन लेखन समिति, प्रचार प्रसार समिति, आर्थिक समिति, व्यवस्थापन समिति, प्रकाशन समितिहरूको घोषणा गरेका थिए । सो अवसरमा खेम थपलिया, पुन्य गौतम, प्रकाश सिलवाल, साधुराम नेपाल, आरसी न्यौपाने, गौरी दाहाल र कृष्णहरि भट्ट रहेको प्रादेशिक समितिको कार्यालयको पनि घोषणा गरिएको थियो ।
३ नम्बर प्रोदशिक समिति :
केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रोदेशिक संयोजक
१. खेम थपलिया
सदस्यहरू
२. पुन्य गौतम विश्वास ३. प्रकाश सिलवाल ४. शोभा दुलाल ५. सरिता तिवारी ६. होमशङ्कर बास्तोला ७. आरसी न्यौपाने ८. कृष्णहरि भट्ट ९. भागवत् आचार्य १०. राजु स्याङतान ११. सङ्गीत स्रोता १२. रचना शर्मा ‘प्रतीक्षा’ १३. प्रकाश चापागाईं १४. केवल विनावी १५. आरोह नेपाली १६. चेतनाथ धमला १७. मनु विक १८. नारायाण कर्मा २०. समीर सिंश २१. साधुराम नेपाल २२. दीपक सापकोटा २३. माधव घिमिरे ‘अटल’ २४. मोदनाथ मरहट्टा २५. छायादत्त न्यौपाने २६. बिन्दा मैनाली २७. गौरी दाहाल २८. जितबहादुर लामा २९. विदुर वस्ती ३०. इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ३१. जित कार्की ३२. नमुना शर्मा ३३. निमेष निखिल ३४. स्प्नील स्मृति ३५. रमेश शुभेच्छुक ३६. विनोदक्रिम केसी ३७. ऋषभ गौतम ३८. मुक्तान थेवा ३९. कुशल बोगटी ४०. लक्ष्मण उप्रेती ४१. रघुनाथ अधिकारी ४२. चिरन पुन ४३. गणेशकुमार राई ४४. लक्ष्मण बेलबासे ४५. मधुकुमार क्षेत्री ४६. नीलिमा पुन ४७. बाबा बस्नेत ४८. शकुन्तला जोशी ४९. गुरुङ सुशान्त ५०. शेखर अर्याल ५१. विष्णुमाया न्यौपाने ५२. ईश्वरी ओझा ५३. दुर्योधन बस्नेत ५४. रामचन्द्र श्रेष्ठ ५५. गङ्गादेवी राई ५६. विमला चन्द ५७. गाविन्द काफ्ले ५८. पारश ढकाल ५९. रुपक अलङ्कार ६०. पुन्य घिमिरे ६१. रामचन्द्र नेपाल ६२. भावना पाठक ६३. नवराज रिजाल ६४. रमण पौडेल ६५. बालमुकुन्द कार्की (काठमाडौं) ६६. मनोहर लामिछाने (भक्तपुर) ६७. ईश्वरी गुरागाईं (ललितपुर) ६८. लोक लामा (काभ्रे) ६९. दिनेश दुलाल (सिन्धुपाल्चोक) ७०. सुन्दर खड्का (दोलखा) ७१. नवदीप अजनवी (नुवाकोट) ७२. उद्धव रिजाल (रसुवा) ७३. सुमनराज श्रेष्ठ (चितवन) ७४. पुरुषोत्तम रिजाल (मकवानपुर) ७५. सिन्धुली ७६. रामेछाप ७७. धादिङ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार