गजल – इन्दिरा प्रयास

२०७३ मंसिर ३० गते, बिहीबार

हँसाएर क्षण मै रूवायौ कसरी
दर्शाएर त्यो माया छुपायौ कसरी
मेरो आशा भरोशा जिन्दगी भन्दै
समाज अघि शीर झुकायौ कसरी
आयौ सियो बनी फाली बनी निस्क्यौ
फेरि आफ्नै मुटु लुटायौ कसरी
पानी माथि ओभानो हुने नाटक गर्दै
उल्टै प्रियसीमा दोष लगायौ कसरी
हिमाली पहाड़ी तराई छुट्टै पार्दै
सारा नेपालीलाई बजायौ कसरी
बिद्रोहको आगो सल्काएर फेरि
निर्मोहीको दीलमा छायौ कसरी
कथा कबिता गीत गजल रच्दै
महफ़िलमा इन्दु ततायौ कसरी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार