सर्वहारा नेता – प्रशान्त लामा दोङ

अलिसान महलमा बस्छौ नाम चाही गरिब अरे
सुरा र सुन्दरी साथ बस्छौ त्यसैले गरिब क्यारे
सुकिला र मुकिला भएर बस गरिब नेता हो नि
करोडको गाडी चढ सम्पति त तीन तोला होनि
उद्योग मेरै कारखाना मेरै नाम पो अरूको
सम्पति त खरबै छन सर्वहारा गरिब नेताको
झुट बोल्ने हाम्रो बोलि के प्यार – प्यार कराउँछौ
तालाचावी हाम्रै हातमा ब्यर्थ , किनलाई डराउँछौ
हातमा घडी नाडीमा बच्छ तीन लाखे नेताको
तीन तोला सुन यति नै हो नि सम्पति नेताको
एउटै त पलङ दश लाखे होनि यि हाम्री नेताको
सिरकडस्न छैन होला कालु ,खोज्दे यी नेताको
देखाउनु छैन लुटको धन , अनिकालमा चाहिन्छ
देखाएँ भने म जेलमा पर्छु , पाँच पुस्ता खाइन्छ
जनता तै होनि जे कुरा बोले मै कुरो पत्याऊने
सम्पति मेरो खरबै छन किनलाई मैले लुकाउने
लुटेको धन बिदेशमा राख , मर्ने त यहीँ हो नि
लुट्नु थियो जतिसक्दो लुट काँगाल मै हो नि
मिथ्यको धन चाहिएको छैन , पाखुरा बजार्छु
दाहिने शंख परेको दिन तिमी सबलाई लगार्छु
सत्ता जहिले मेरो बाउको पेवा के फुर्ति लगाउँछौ
हरामी जनता मेरो दाउको पेवा ,आझै कमाउँछौ
गाडीमा चढ्दा चित्ता नै दु: खे सानेलाई बोलाउनु
पलङमा सुत्दा ढाड नै दु: खे मलाई नै जिताउनु