पहिलो माया – इन्दिरा प्रयास

२०७३ पुष ६ गते, बुधबार

मीठोमीठो चोखोचोखो हाम्रो पहिलो माया
कल्पना र सम्झनामा लाग्छ दायाँ बायाँ
प्रेम प्रस्ताव गुलाब दिई राखी दिउँकी आज
समीप पुग्दा हराउछ सब हुन्छ किन लाज
जता जता लुक्छु फेरि देख्छु उनकै छायाँ
यति मीठो यति चोखो हाम्रो पहिलो माया
बसंतीले याद छोड़ी यहाँ सनसनी भो
शिशीर मन तिर्सनाले झनै अन्जानी भो
उजाड दिलमा शरदले पार्यो नयाँ नयाँ
अजर अमर बनाउनु छ हाम्रो पहिलो माया
मिठोमिठो चोखोचोखो हाम्रो पहिलो माया
कल्पना र सम्झनामा लाग्छ दाँया बायाँ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार