गित – संगित जीवनको एउटा पाटो हो – कल्पना आङ्बुहाङ

* अहिलेसम्म कतिवटा गित लेख्नु भयो ?
मैले खास त्यति धेरै गीतहरु लेखेको छैन । तर , मेरो पहिलो एल्बम आमामा ९ वटा र आमा २ मा ८ वटा गित लेखेको छु ।
यसबीचमा तपाईको अनुभव कस्तो रहेको छ ?
धेरै खुसी छु । धेरै गितकार, गायक ,गायिकासंग काम गर्दा रमाईलो भयो । केही कुराहरु सिके र केही कुरा सिकाए पनि । एल्बममा लगानी गरेको राम्रो प्रतिफल नपाए पनि सन्तुष्ट छु र गितकारको रुपमा चिनिएको छु । सबैले कल्पना आङ्गबुहाङ भनेर चिन्ने गरेका छन् । अहिले कसैले आफुलाई गितकार भनेर चिन्दा एकदम खुसी लाग्छ ।
* तपाईलाई मनपर्ने गितकर तथा संगितकार को हुनुहुन्छ ?
प्रायः सबै गितकर तथा संगितकार मनपर्छन । मैले कसैको नाम लिए भने अलि अन्याय होला कि ? भंनै पर्दा अशोक राईको नाम लिन चाहन्छु किनभने उहाँले मेरो गितहरुमा सहयोग गर्नु भएको छ । उहाँ संथापित कलाकार हुनुहुन्छ । उहाँले लिम्बु गितपनि धेरै नै लेख्नु र गाउनु भएको छ र त्यसैले मैले उहाको नाम लिएको हो ।
* तपाईलाई मनपर्ने गायक गायिका को को हुनुहुन्छ ?
मेरो एल्बमबाट भन्नु परेमा मलाई मनपर्ने गायिकामा श्रेयसी र रिमा गुरुङ्ग हुनुहुन्छ ।
* तपाईलाई चलचित्र कतिको मनपर्छ , मनपर्ने कलाकार को को छन ?
हो मलाई नेपाली चलचित्र मनपर्छ , हालै हलमा चलेको पुरानो ढुङ्गगा र जात्रा हेरे । म आमाप्रति निकै समर्पित भएर नै आमा एल्बम निकालेको र मैले आमालाई २ वटा चलचित्र देखाए । पुरानो ढुङ्गगा र जात्रा । मनपर्ने कलाकार अहिलेको चलचित्र क्षेत्रमा धेरै नै चर्चित दयाह्याङ राई र चक्लेटी ब्याईमा भन्नुपर्दा आर्यन सिग्देल मनपर्छ । पुरानो कलाकारमा शिव श्रेष्ठ मन पर्छ ।
* तपाई सामाजिक संजालमा कतिको अपडेट हुनुहुन्छ ?
मलाई संगित क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा बढी चिन्ता छ । म समाज सेवामा धेरै रुचि राख्छु । धेरै समाज सेवा गरे र गर्दैछु । म हङकाङमा १३ वर्ष बसे त्यहाँ धेरै समाज सेवा गरेर अहिले बेलायतमा बस्दै आएको छु , त्यहापनि योक्रम जारी छ । म सामाजिक संजालमा एकदमै सक्रिय हुन्छु र फेसबुकमा फोटो र स्टाटस अपडेट गरिरहन्छु ।
* तपाई बेलायतमा बस्दै आउनु भएको छ र त्यहाँ बस्ने नेपालीहरुमा नेपाली गीत संगितप्रति कतिको रुचि रहेको पाउनुहुन्छ ?
त्यहाँ गितकार धेरै हुनुहुन्छ र संगितकार पनि केहि मात्रामा हुनुहुन्छ । मलाई लाग्छ दुवै स्वदेश र विदेशमा बस्ने नेपालीलाई नेपाली गित- संगितप्रति लगाव छ । किनभने गित- संगित दुवै दुख सुखको बेलामा सुनिन्छ । गित – संगित भनेको हाम्रो जीवनको एउटा पाटो जस्तै हो ।
* तपाई कन्सर्टमा कतिको जानुहुन्छ , नेपालबाट गएको कलाकारले गरेको कन्सर्ट कस्तो लाग्छ ?
प्राय कार्यक्रममा जाने गरेको छु । म बसेको क्षेत्रमाँ धेरै कार्यक्रम हलहरु छन् । जहाँ धेरै कार्यक्रम हुने गर्छन । मैले चिनेको धेरै कलाकारहरुसंग भेटघाट पानी त्यही हुने गरेको छ । बेलायतमा हुने नेपाली कन्सर्टहरुमा प्राय उपस्थित भएकै हुन्छु ।
तपाईले आमा र आमा २ एल्बम निकाल्नु भयो । आमाप्रति लगाव भएर हो कि , आफै आमा भएपछि लेख्ने प्रेरणा मिलेको हो ?
हो म आमाप्रति धेरै नै समर्पित छु । हामी सबैको २ वटा आमा हुनुहुन्छ , एउटा जन्म दिने र अर्को मातृभुमि । म देशप्रति पनि त्यत्ति नै समर्पित छु । आमा र धर्तीलाई धेरै मायाँ गर्छु । यो आमा एल्बमद्धारा मैले आमाप्रति मायाँ प्रस्तुत गरेको हो ।
* अहिलेको पिढीलाई र गीत संगितकारलाई के सन्देश दिन चाहानु हुन्छ ?
गीत संगित लेख्नको लागि कतिपय कुरा जान्नु पर्ने हुदो रहेछ । कुनै ठाँउको बारेमा थाहा नभएता पनि त्यस ठाँउ सम्बन्धित गित गाइरहेको हुन्छन् र कुनै देश वा जातीको बारेमा गित रचना गरेका हुन्छन् , त्यों राम्रो होइन । जबसम्म गित संगीतको ज्ञान हुदैन तबसम्म गित रचना गर्नु मिल्दैन । सबै गायक गायिका राम्रो गाउछन् र सक्षम पनि छन् । तर कतिपय गायक गायिका “ मेरो शब्द सबैको भन्दा राम्रो हुन्छ ” भन्ने घमण्ड गर्छन् । हामीले अरुको गित सुनिदिनु पर्छ र उहाँहरुलाई यस कार्यमा लाग्न प्रेरित गर्नुपर्छ । हामीले कुन सन्दर्भका गित प्रस्तुत गर्न आटेको हो त्यस सब्दको अर्थ खुलेर व्यक्त गर्न सक्नु पर्छ ।
* अहिले धन भए गितकार बनिन्छ भनिन्छ नि ?
हो, मैले पनि यस्तो सुनेको छु । आरोप लाउन त मिल्दैन, तर कतिपय कार्यक्रममा गीतकारलाई सम्मानित गरिएको हुन्छ र पछि त्यों गीत अरु मार्फत लेखाएको सुन्दा दुःख लाग्छ । यस्तै एउटा घटना भएको अलिकति कुरा गर्न चाहान्छु । कार्यक्रममा गीतकारले आफै त्यो कुरालाई फुस्काउनु भयो । गीतको रचना अरुले गरेको र नाम आफ्नो राखेको बताउनु भयो । यस्तो गर्न राम्रो होइन र आफुले लेखेको गीत अरुलाई सुनाउँदा अरुलाई देखाउँदा कतिपय मान्छेले आफ्नो नाम राखिएको देखिन्छ त्यसैले यो राम्रो होइन भन्न चाहान्छु ।