गजल – इन्दिरा प्रयास

२०७३ माघ ५ गते, बुधबार

मन्दिरमा बच्ची लुटिई हेर्दै बसे भगवान पनि
गिर्नु सम्म गिर्छन् सैतान नभनेर सन्तान पनि
चारजात छतिसवर्ण विविध भाषा भाषीलाई
जोगाएर बस भन्छन् वेद अनि पुरान पनि
आफ्नै देशका कच्ची बाटा,वनजंगल पखेरीका
शब्द माला बुन्छ कवी रात पनि विहान पनि
रुप, रंग , गुण, वैंश अनि आफ्नै बोलीचाली
घातक बन्छ कैलेकहीं ति निश्चल मुस्कान पनि
टुलुटुलु हेर्दै हिड्छन् सडकका भोका बच्चा
ति बालकका आँशु देख्दा पग्लिनेथ्यो चट्टान पनि

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार