राष्ट्रिय स्वाधीनताका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुदै

काठमाण्डौं , १० माघ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले राष्ट्रिय स्वाधीनका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय नाचघर, जमल, काठमाडौं यहि माघ १४ गते मध्यान्ह १२ बजे सो सांस्कृतिक कार्यक्रम आयोजना हुने अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, जनाएको छ । सो कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, जनसांस्कृतिक महासङ्घ, रक्तिम सांस्कृतिक अभियान
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय नाचघर, सामना सांस्कृतिक परिवार, अखिल नेपाल क्रान्तिकारी चलचित्र सङ्घ, अखिल नेपाल लोककलाकर्मी सङ्घ, चिराग जनसांस्कृतिक परिवार र अन्य सस्थाहरुको सहभागिता रहने बताइएको छ । उक्त सांस्कृतिक कार्यक्रममा रायन श्रेष्ठ, रामेश श्रेष्ठ, जेबी टुहुरे, खुसीराम पाख्रीन, जीवन शर्मा, शरद पौडेल, टेक बलम्पाकी, निभा शाह, मुक्तान थेवा, लक्ष्मण शेष, ढुण्डीराज अधिकारी, रमण थामी, निर्मला घिसिङ, बबिता पाख्रीन र अन्य स्रष्टाहरू सहभागीहरु सहभागी हुने महासङ्घ, जनाएको छ ।
उक्त कायक्रमको प्रमुख अतिथि नेकपा (माओवादी) का महासचिव विप्लव रहने आयोजकले बताएको छ ।