रातो लालीमा – वैरागी जेठा

२०७३ माघ १२ गते, बुधबार

ए ! माइला
पूर्वमा रातो लालीमा छाउँदै छ
लामपाटी र भञ्ज्याड.हरूमा भन्थ्यौ
तिमी !
म छम छम नाचिरहन्थे
लालुपाते बागमा
भन्थ्यौ ?
हाम्रो प्यारो कम्युनिष्ट
घर्ती साइँलाका आँगनमा
तिम्रो गाउँ
चुरोटको ठुटोझैँ फ्याँकिएको छ
आज
हो ! माइला !
तेरो पसिनाको मूल्य
म खोजिरहेछु
थान्सिड.फाँटहरूमा
दुर्दशा हेरेर बस्न सकिने छैन
क्रान्तिका जराहरू
उखेलिरहेछन्
अवसरवादी मूर्दाहरू
मैले रोएर कविता पत्र लेखिरहेको छैन
मेरो छिमेकी माइला !
सहनै सकिने छैन
नगरकोटी भाइ !
निरञ्जनाबाट बागले घिसारिएका
तिमी योद्धाहरूका
कथा लेखिरहेछु
पट्टाबारीको कुनेटो बाट
ओ ! माइला
तेरो थान्सिड. मर्दै छरे
अब !
आगोझैँ बलेर
युद्ध लड्न झरेको छु
जुरेथुम बाट ।
लुड.ग्रिले पठाएका पत्रहरू
सिरानीबाट झिक्दै
पल्टाइरहेछु
प्रिय ! माइला
राजेन्द्र र अचुतहरू
अक्षर अक्षर कुदिरहेछन्
गोरेहरू !
मेरा कान निमोठी रहेछन् ।
शहीदका सपनाहरू
शाकार तुल्याउन
स्पाती मैदान हिँड भनिरहेछन्
हो ! माइला ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार