तिम्रो याद – इन्दिरा प्रयास

२०७३ माघ १६ गते, आईतवार

कल्पनाको बाढ़ी भित्र तिमीलाई पाउँदा
समालिन गार्हो हुन्छ तिम्रो याद आउँदा

पवनको स्पर्शले अंग अंग चुमी दिंदा
तिम्लाई खोज्दै हुन्छु झ्यौकीरिले गाउँदा

समुद्रको किनारमा छालसँग जिस्कदै
सबै भुल्ने प्रयास गर्छु बिगतले सताउँदा

मृतसागरको जलले बस्तुहरु तैर्याए झै
शून्यतामा भेटछु मन चंचलताले छाउँदा

बसन्त र शरदले लुकिछिपि जिस्क्याउदै
बिथोल्दिन्छन् भाव नै पत्रलेखी पठाउँदा

क्याक्टस नै हुनखोजे यादहरू मिल्काएर
मिल्किएन छ याद मिल्काउँन खटाउँदा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार