गजल – इन्दिरा प्रयास

२०७३ माघ २४ गते, सोमबार

जो नारीलाई परी र अप्सरा संझिन्छन्
र आफूलाई स्वतन्त्र भमरा संझिन्छन्
उपहार दिएर अनि दबाव दिएर कतै
उर्लदो भेल थामीदिने खतरा संझिन्छन्
भट्टी र कोठामा रात बिताउनेहरु नै
स्वामित्व जमाउदै पत्नी टहरा संझिन्छन्
सन्तानको ख़ुशी हेरी अघाउनेहरुलाई
किन यहाँ तिनैलाई कठैबरा संझिन्छन् ?
हरेक पीड़ा सहेर धरती टेकाउनेलाई
गल्लीमा छोड़ी सृष्टिका जरा संझन्छन्
इन्दु बुझ्न प्रयासरत छे यी वादहरु
के कारण छोरीलाई जमरा संझन्छन् ?

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार