नमेटिएको तिर्खा — गीता समिप

सिम सिम पानी दैनिक जसो परिरहेको जेठको महिना ,खासै गर्मी छैन । झन् त्यसमा काठमाण्डुको दक्षिणतर्फ रहेको चम्पादेवी डाँडाको फेदी ,हरियाली रशान्त ठाउँमा रहेको पुष्पलाल स्मृति पार्क भित्र रहेको सभाभवनको कार्यक्रमा सरिक भएकलिे शारिरकि रूपमा गर्मीको कुनै लेसन थिएन ।मन चङ्गा भएको थियो , मैले कार्यक्रम अवधिभरका लागि मात्र भएपनि शान्त र शालीन वातावरणले मोहक बनाएको थियो । सहभागीहरू पनि अत्यन्त सहृर्दयी हुनुहुन्थ्यो । त्यसदिनको दिउँसोको खाजा साह्रै मीठो र घरेलु थियो, तर हल्का पिरो र नून मसला चट्ट पुगेको ,प्रकृतिको सुन्दर छटा जस्तै । खाजा खाई रहँदा बिरामलिे जस्तो खाजा खाने बानी परेकोले होला , अलिक पिरो र तातो महशुस हुन्छ । कार्यक्रममा सँगै रहेकी साथीले हरियो खुर्सानी टुक्क टोकेर आलु चिउरा मुखमा हाल्दै म तिर पुलुक्क फर्केर हल्का व्यङ्गको भावमा मीठो लवजमा तिमीलाई पिरो भयोकी ,मैले खुर्सानी टोकेँ,भनिन् । मैले पनि हल्का मुस्कुराउँदै ‘प्यान्टापराजोल’ एसिडिटी बढ्दा खाने चक्की सँगै छ साथी भने उनी मज्जाले हाँसिन ,उनको उन्मुक्त हाासो पार्क वरीपरी सम्म गुन्जियो । कार्यक्रमका अन्य सहभागि र सहकर्मीहरू पनि हाम्रा वार्तालाप सुनेर एक डोज उन्मुक्त हाँसो हाास्छन् ।
बेलुकी ४बजेतिर कार्यक्रम सकेर घर फर्किने क्रममा बल्खुनिर आइपुगेपछि अलिक बढि तिर्खाको महशुस हुन्छ । गाडीमा सँगै रहेकी सिमा बहिनीसँग पानी माग्छु ,घटघट लगभग आधी भााडो पानी पिउँछु । पानि पिइसकेपछि पनि तिर्खा मेटीदैँन , त्यसदिन ।गाडी कलङ्की हुँदै बालाजु तिर लम्कीरहेको हुन्छ , मलाई झन पानीको प्यास लागेजस्तो ,तिखाृए जस्तो ,कता,कता के के अपुग । नपुग खाए नखाए जस्तो भइरहन्छ । फरि सिमा बहिनीसाग पानी मागेर पिउँछु । कार्यक्रमको लागि भनेर जानुभएकी एक आदरणिय दिदी पनी सागै यात्रामा हनुहुन्छ । उहाा मेरो विगत रवतृमान सबै थाहा भउको र मेरो खाने आदत , बानि व्योहरा सँग परिचित भएकाले मेरो तिर्खा को आुभव गरेझैँ गरी मायालु शब्दले‘नानु ’आज तिमीले नून पिरो पुगेको तरकार िअलिक बेश िखायौ ,त्यसैले तिर्खा महशुस भइरहेको हो , चिसो पानी धेरै न पिऊ ,घरमा गएर हल्का तातो पानी पिउनु ,अनि ठीक हुन्छ । ‘हवस् दिदी ’ भनी उहाँको सल्लाह आज्ञाकारी बालक ले झैँ पालना गर्ने बचन स्वरूप मेरो मुखबाट बोली निस्कन्छ ।
कार्यक्रम बाट म घर फर्कने र छोराको विद्यालयबाट घर आइपुग्ने समय उस्तै भयो । छोरा घरफर्केपछि ,आजको कार्यक्रम कसतो भयो त आमा? भनेर हल्का जिज्ञासा का साथ सोध्यो , राम्रै भयो बाबु भनेर उसको जवाफ फर्काएँ । केह िकार्यक्रमका फोटाहरू, जो मोबाइलमा कैद गरिएको थिएँ ,देखाएँ छोरालाई । छोराले राम्रो भएको रहेछ त ? भनी प्रतिक्रिया व्यक्त ग¥यो । हामी आमा छोरा एक आपसमा कार्यक्रमहरू र भ्रमणहरूका बारेमा यसरी नै कुराकानी गर्ने गर्दछौँ । आमा हुनुको कर्तव्य र सन्तान प्रतिको दायिŒव पुरागर्ने क्रममा खाजा पानी तयार पारी उसलाई खाजाको लागि भान्छाकोठामा बोलाएँ ,खाजा पनि दिएँ ,अनि आफ्नो गृहकार्य गर्नका लागि सम्झाएँ आफूलाई भने अझै तिर्खा नमेटीएको जस्तो भइरहेको छ ,पानि हल्का तातो पारेर पिएँ । जतिपटक पानी पिए पनि , त्यसदिन मलाई किन हो किन तिर्खा भने मेटिएन । झन् झन् बढेर गइरह्यो ।
बेलुकीको खाना पश्चात यसो पत्रिका पल्टाउन थाल्छु , मेरो पत्रिका पढ्ने समय प्राय बेलुकीको खाना पछि नै हो । आदत नै बसिसकेको कुरामा पनि त्यसदिन पत्रिका पढ्न मनलागेन । बेहिसाबले पत्रिकालाई टेवल तिर राखेर यसो पल्टेर निदाउन खोज्छु । सधैँको अल्पनिद्राको शिकार भएकी म किन आउँथ्यो र निन्द्रा ,दिउँसो …………… देखि नै लागेको तिर्खाले झन् विथल्यो । एकपटक आफ्नै मन सँग बिनम्रतापूर्वक सोधेँ ए मन किन यस्तो तिर्खा लागेको हँ ? आज ! एकछिन पछि धेरै कुरा सोचेर ,सम्झेर अनी गमखाएर मनले भन्यो ,हेर तिमी लाई आज लागेको तिर्खा पानीको होइननी बुझ्यौ ! त्यही भएर त तिमीले जती तातो चिसो पानी पिएपनि तिम िअझै तिर्खाइरहीछ््यौ । मनको जवाफले झसङ्ग हुन्छु ,अलि अलि निन्द्राको त्यान्द्रो हो जस्तो पनि टाढा भाग्छ ,अनि आफैँलाई ओल्ट्याई पल्टाई छामछुम पार्छु ,केलाएर एकपटक नियाल्छु त्यसपछि मुखबाट फुत्त निस्कियो ए हो त नी मलाई अभिभावकको अभिभावकŒवको तिर्खा पो लागिरहेछ ,तब त जति पानी पिए पनि तिर्खा नमेटिएको । संयोग पनि कस्तो परेको रहेछ भने ,त्यदिन म अभिभावक शिक्षा कार्यक्रममा मोटीमेसनल कलास दिन पो गएक िथिएँ त , अभिभावकको जिम्मेवारी र कर्तव्यको बारेमा । अहा जीवन र जगत पनि कस्तो ?
किन हो किन मलाई आज आफ्नै विगत र भोगाईलाई केलाउन मन लागेको होला? मन भित्र प्रश्न गर्छु र उत्तर पनि मनभित्र खोज्न थाले छु । म आफैँ जो बाल्यकाल,युवाअवस्था रवर्तमान पनि बिना अभिभावक गुजारी रहेकी छु , अभिभावकŒवको ,नमेटीने तिर्खा बाट पीडित छु , त्यसैले असल अभिभावकको जिममेवारी र कर्तवयको बारेमा मोटीमेसनल कल्लास दिनु परेको , मरुभुमीमा पानी खोजेजस्तै ।
विगत तिर फर्केर फेरि मन यसै यसै नमेटीएका तिर्खा हरूको बारेमा गमखान थाल्यो । यो मन भन्ने चिज पनि कस्तो रहेछ ,भनेकै नमान्ने । समझना नगर भन्यो मान्दैन मन ,झन् सम्झायो झन् मान्दैन वा ! यस्तै क्रममा एउटा नमेटीने तिर्खा झलझल्ती सम्झना आउँछ । यस्तै
९ १० वर्षको सेरोफेरोमा थिएँ ,त्यस वर्षको दशैँमा कपडाका जुत्ता किन्ने रलगाउाने खुब रहर थियो । अझ भनौँ तिर्खा नै । सप्तमीका दिन समम पनि दशैँका लागि लुगाफाटो र जुत्ता र चप्पल नकिनिएको छट्टपट्टिमा त्यसै दिन विहान आमासँग डराई डराई कपडाको जुत्ता तुना बान्ने लगाउन मन लागेको छ भनेर मलिनो स्वरमा सुनाएकी थिएँ । आमाले मेरो तिर्खा मेट्नका लागि अन्नपात बेचेर जोगाहाट गर्नु भएको बाट केह िखर्चको चाँजोपाँजो मिलाएर घर नजिक करिब २घण्टा को रानीपौवा बजारमा दाईको साथ लगाई पठाइदिनु भयो । तर सानो बजारमा पाइएजतिका जुत्ताहरू मेरो खुट्टाको नाप अनुसारको नपाएर ,रित्रै न्याउरो अनुहार लगाएर घर फर्के । आफूले चाहेको कपडा को तुना बान्ने जुत्ता लगाउन नपाएको तिर्खाले गर्दा त्यससालको दशैँ मलाई खासै रमाइलौ नै लागेन । धेरै वर्षसम्म त्यो नमेटिएको तिर्खाले सताइरह्यो ।
मेटीन नपाएका वा नसकेका तिर्खाहरू एक पछि अर्को झुत्तिन आइपुग्छन् मनका तरेलीहरूमा । उठेर एकपल्ट फेरि मनतातो पानी पिउँछु ,तिर्खा झन् बढ्छ मन उद्वेलित भइरहन्छ । निद्रा देवी कता हराएकी छिन् पत्तो छैन् ।
मान्छेको मन न हो , तिर्खाउँन पाउने छुट उसलाई हुँदो रहेछ ,मेट्न नसकिने नै किन नहोस् । तिर्खाको अर्को श्रृंङ्खला फेरि झुल्किन आइपुग्छ ,२०५६ साल मार्ग महिनाको समय हो , महिना र गते को समझना ताजातरोज नै छ एक वर्ष अगाडि नै त्रिभुवन विश्वविद्यालयबाट स्नात्तोकत्तर एम.ए. को अध्ययन पुरा गरी कलेजमा प्राध्यापन अध्यापन शुरु गरिसकेको थिएँ । यसै दौरानमा विश्वविद्यालयको दिक्षान्त समारोहमा सरिक भई स्नातोकत्तर उपाधी विशिष्ठ श्रेणीमा भएको प्रमाण पत्र रमेडल का साथ घर फर्कीएकी म उपाधीको शुखद पल साट्ने र अभिभावकको स्याबासी र आर्शिवाद पाउने सौभाग्य बाट बञ्चित भएकी थिएँ । त्यो उपलब्धी पनि मलाई शून्य लागेको थियो , तयसदिन त्यो खुशी साट्ने मेरा कोही अभिभावक मसँग थिएनन् । दुःख आईपर्दा आड भरोसा र साहरा को लागि मनखोलेर रुन नपाउँदा र समृद्धि रप्रगतिको पल उत्साहपूर्वक ले खुशी साट्न नपाउँदा जीवनमा जतिनै उपलब्धी र प्रगति हासिल गरेपनि केही अर्थ नहुने रहेछ भन्ने बोध मैले त्सदिन गरेँ । त्यसबखत म कहिले दिदीको घरमा ,त,कहिले दाजु । भाउजु सँग त कहिले आफ्नै कामको सन्र्दभमा काठमाण्डु बाहिर अन्य जिल्ला तिर पनि हुन्थ्यो । त्यदिन दाजु भाउजु सँग थिएँ , संयोग वा नियतीले भनौँ , दाजु भाउजु दुबै जना बेलुका घर फर्कनु भएन । उहाँहरूके कामले हो , भाउजु माइती र दाजु जिल्ला बाहिर जानु भयो । त्यसबेलासम्म मेरी आमा प्रायजसो गाउँमा र आधाजसो समय काठमाण्डुमा बस्नुहुन्थ्यो भने बुबा अध्यात्मिक यात्रामा घरबाहिर हुनु भएको १५ २० वर्ष नै भइसकेको थियो । दिक्षन्त समारोह बाट घरफर्केपछि मन साह्रै नराम्रो सँग दुख्यो ,मुटु चहरियो , आँखाबाट बलिन्द्रधारा आँसु बगे , प्रमाणपत्र लाई बेहिसाबले दराजको एउटा खातामा धुसाइदिएँ ,अनि तिर्खाएको मनलाई आफैँ समहाल्ने कोशिस गरेँ । खै किन हो ? त्यसदिन त्यो खशी साट्न नपाएको पल आजपर्यन्त अनुभूत गरिरहेछु । तिर्खा अझै लागिरहेको छ । मन व्याकुल अवस्थामा नै छ । भगवान् रईश्वर प्रति विश्वास गर्दीन ,तर नास्तिक पनि होइन म , आफूलाई यसै गरि प्रसतुत गर्दै आइरहेकी छु । प्रकृतिमाथी भने भरपुर विशवास छ , अलिक फरक ढङ्गले सोच्ने गर्दछु यसमामलामा । प्कृतिसँग एउटै मात्र गुनासो छ हे करुणामय प्रकृति , यदि मलाई अर्को एक जुनी दिन तिमीलाई मञ्जुरी छ भने एक जोडी अभिभावक पनि साथै दिएर यो धर्तीमा पठाइदेऊ ल ! शुखद र दुःखद दुबै अवस्थामा आड भरोसा र साहास बढाईदिने ,रुँदाको बखत आँसु पुछिदिएर बलियो साथ र साहरा दिने ,उपलब्धि र प्रगतिमा कााधमा स्याबासी को धाप मार्ने अभिभावक देऊ ल! अनि यि सबै नमेटिएका तिर्खाहरू म एकै पटक मेट्न सकूँ । कुने तिर्खा म सँग बाँकी नरहनु ।
े