घरमाथि हमला नगर – वैरागी जेठा

२०७३ फाल्गुन २६ गते, बिहीबार

यदि मेरो व्यासीमा हमला गर्छस् भने
मैले रुद्रास्त प्रहार गर्न नपरोस्
बीस वर्षअघि देखि लुटेर
मेरो आँगन बर्बरतामा धकल्ने तँ
कोहोस् ?
मेरो बेसीका
आँठाहरू टेक्ने आँट नगर
मोर्चाका स्वाँठहरू
तैँले छुनुहुन्न
मेरो बेसी
बैचारिक चेतनभएका
हृदय नभएकाहरू
तेरा लाठीहरू बाल्न
मैले नपरोस्
घरीघरी लुटेर खाएका
मेरा मासका दानाहरूले
तलाई गोलिझैँ हान्ने छ
तथाकथित् भूतहरू
मेरो घरमा हमला गर्ने
कुनै अधिकार छैन
स्वतन्त्रता माथि बलत्कार गर्ने
अधिकार छैन
दलित जनजाति भन्नेहरू हो
मेरो घर छुने
कुनै अधिकार छैन
जिउँदै मरेका स्यालहरू
घरभित्रको कुखुरा चोर्न सक्दैनस्
त्यसैले
मेरो औलो उघारर्ने
कोशिश नगर
मेरो मध्य बेशीमा
किचकन्या भएर आउँछस्
ओ !
कुख्यात अपराधी
मधिशे मोर्चाका नाउँमा
आइन्दा फेरि
हमला गरिस् भने
मेरो रुद्रास्तले
तेरा शिरहरू गिँड्ने छ ।
त्यसैले भनि रहेछु
मेरो घरमाथि
हमला गर्ने अधिकार छैन
राम्रो सँग बुझ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार