इतिहास शिरोमणिको स्मरण

२०७३ फाल्गुन २९ गते, आईतवार

काठमाडौं, २९ फागुन । नेपाली इतिहास लेखनमा विशेष योगदान पुर्याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज यहाँ स्मरण गरिएको छ । पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रा डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले गरेको बताउँदै जहानियाँ राणा शासनकालमा पनि उनले आफ्नो निष्ठा र आस्था नछाडेको धारणा राखे । खरिदार बाजे नामले चिनिनु हुने आचार्यले प्राचीन नेपाली लिपिहरुको अध्ययन-अनुसन्धान गर्नाका साथै माउन्ट एभरेस्टको नाम सगरमाथा भनी नामकरण गरेका थिए ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार