बद्रिफूल सलाम गरेँ – वैरागी जेठा

बद्रिफूल
टुक्रा होइन सिङ्गै
सलाम गरेँ
साँखुको बलेँसीबाट
युगको सारङ्गी रेटेर
कुर्लिएको वायुमडल फार्दै
आँखा खोलेर
सलाम गरिरहेछु
हो स्यापु
साँखुबाट उठाइएका
घन र आँसी बोकर
तिम्रो खोजिमा निस्केको छु
साँहिलाबाजेकी नातनिी
बत्तीसकोटीकी छोरी
बद्रिफूल
शंकरलालकी
आँगनमा हुकेृर
मेरो घर परिवर्तन गर्न
निकै संघर्ष ग¥यौ
साँखु भादगाउँ र असन
तिमी
चालीस पैतालीस सदस्यकी
सुनदर बद्रिफूल
लगभग दुई सय वर्षका
कथा पढिरहेछु
असनले
उन्मुक्त क्रान्तिलिएर
सत्तरी वर्ष अघि
तिम्रो जेठाजु सहिद भएथिए
उर्लँदो मानव सागलिएर
तिमीसँगसागै
फुलेर सुवास छरिरहेथ्यौ
विचारका घडाहरू
गडगडाएर फुटाउँदै
लोकतन्त्र छर्ने तिम्रो परिवार सम्झँदै
अँध्यारो युग छिचोल्न
मशाल बालीरहेछु
तिम्रो आँगनमा
बद्रिफूल
राााकालको किल्ला भत्काएर
लोकतन्त्रको बिजुली बालेर
तिमी नाचेको हेरेको छु मैले
तिमीले तिम्रै आँगनमा
मलाई
मशालबोकेर नचाएकी थियौ
बद्रिफूल
ऋरिामको महाकाव्य बोकेर
भँगेरीलाई सुनाएको छु
शुद्धक्रान्तिको लागि
तिम्रो प्यारो
आँसी र घन लिएर
उवा छिरेको छु
युद्धले
लथालिङ्ग तिम्रो असन
बढारी रहेछु
हृदयमा तिमीलाई टाँसेर
दानवहरूसँग लडिरहेछु
रानीपोखरीबाट उम्रेको सूर्यलिएर
मानिसहरूको अनुहार हेरिरहे छु
बद्रिफूल
काठमाडौँको महिलो बस्ती पखाल्न
मानिसहरू उठाइरहेछु
तिम्रो सपना साकार पार्न
लोकतन्त्रको सुर्कायनी खोलीरहेछु
पुष्पको सुगन्ध लिएर
तिम्रो गान गाइरहेछु
कागुन र नाफल खाँदै
मानिस परिवर्तन गर्न
म
क्रान्तिको शिखर चढेको छु
बर्मा जित्न
टिष्टा नाघिसकेँ
बद्रिफूल
दंत्यकथा भनिरहेको छैन
अनगिन्ती बाटाहरू काटिसकेँ
जबसम्म
बर्मा गालेर
नेपाल बनदैन तबसम्म
म युद्धैमाहुन्छु
पेटमा पेचकसेर
युद्ध नजितेसम्म
तिम्रो आँगन छुने छैन
बदिैफूल
अहिले फुर्सत छैन
बर्मा नेपाल नभएसम्म
धरहरा भएर उभिने छैन
कुमाउ
हाम्रो नभएसम्म
मन हराउने छैन
तिम्रो आँगनबाट सल्काएको मशाल
देउथल नजितेसम्म निभ्ने छैन
हो बद्रिफूल
तिम्रो सपना साकार नभएसम्म
काष्टमडप टेक्ने छैन
किचकन्याले झम्टेर सिथील बनाइएको
म हुने छैन
हाम्रो लक्ष्या साम्यवाद हो
बद्रिफूल
हाम्रा मालिकहरू थाकिसकेका छन्
म थाकने छैन
हाम्रो अधिकार
साम्यवाद हो
बद्रिफूल
शहीद गंगालालको सपनाहरू
बन्दीगृहमा हुने छैन
विचार विष्फोट गराएर
सुतेका मानिसहरू विउँझाउँनु छ
अजम्बरी बद्रिफूल
तिमीले जन्माएको योद्धा
कसैसँग समझौता गरिने छैन
तिमी ब्रज्र योगीनी
हामीसँग हिँड्ने भएकी छिन्
बद्रिफूल