हिजोको संग्राम – वैरागी जेठा

२०७४ बैशाख २ गते, शनिबार

स्थापित हुन नसकिरहेको
हिजोको संग्राम
त्यसले निमार्ण गरेको
समयलाई
म भुल्न सक्ने छैन
वर्ग सङ्घर्ष कहिल्यै बिर्सने छैन
वर्तमान समयले
जतिसुकै अपहेलना गरेपनि
मेरो परिधि नाग्न सक्ने छैन
विचारको गोलाकार भन्दा
माथि उक्लन सक्ने छैनन्
हिजोको संग्राम भूलेर
बाटो बिराउँने छैन
वर्तमान् प्रगतिशीलहरू
प्रगतिवादलाई
खाल्टोमा पुरेर
नयाँ बधशाला खोल्नु छैन
हिउँमा कवाज खेलेर
आएको एक
रातो सिपाही हूँ
संकीर्णताको टुँडालमा
आफूलाई उभ्याउँने छैन
दलिनमा झुण्डीने छैन

बुझ मान्छेहरू
बदला कसैसँग लिनुछैन
आत्मारक्षाका लागि
कसैको पनि अपमान गर्नु छैन
विचारका पर्खालहरू भत्किएको छ
यो समय
हिजोका संग्रामहरूले
खनेका सुरुङहरू जोगाउनु
मेरो पहिलो प्राथमिकता हो
चुनवाङका चट्टानहरूमा बगेका
रगतका धाराहरूका
हृदयबाट सम्मान गर्नु

हिजैकै संग्रामका
भञ्ज्याङहरूमा भइनैरहने छु
वर्तमान सत्ता
स्वीकार्य छैन मलाई
आँफैले थालेको संग्रामका
राता सिपाहीका आँसु पिउँन
मन छैन मलाई
स्वतन्त्रताका नाउँमा
राज्य टुक्रेको हेर्नु छैन
हाम्रो संग्रामले भनेथ्यो
देशको उद्योग चलाऊ
कृषिमा छलाङ मार
तर त्यसो हुन सकेन
त्यसैले वर्तमान
प्रगतिशील विरुद्ध उठिरहेछु
आँधी भएर
कुनै बेला
हिउँमा खेलिएका कवाजहरू
सम्झँदै
हिजोका संग्रामहरूका
कथा लेखिरहेछु
काव्यमाला उनीरहेछु
वर्तमान राज्य
काँडाको झाङ भएर
मलाई भम्टिरहेछ
मेरा हँसिया बञ्चराहरू र
हथौडाहरू
अगाडि बढिरहेका छन्
हिजोको संग्रामझै लड्न
लुङ्ग्रीका मैदानमा ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार