म – राधिका दाहाल

२०७४ बैशाख १६ गते, शनिबार

म कोदाको खोले
तन्तनी पिउँदैछु
हरियो काँडे सिस्नाको
सागमा एक थोपा
भुटुन र एक चिम्टि
मसला समेत नराखी
लाखौं युवा खाडीको टन्टला
पुर घाममा सपना
बुन्दै होलान खाई नखाई
घर
समाज र देश बनाउने
पाइ पाइ जम्मा गरेको
पैसा सरकारलाई नै
तिरो भरो करका रूपमा
बुझाउँदै
तर हाम्रो आँसुमा
अष्ट्रिजको मासु अनि
बासमती चामलको भात
हसुर्नेहरू सिंगो
देश नचपाई कन
नअघाउने भए

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार