पेट पालिन्छ त – वैरागी जेठा

दुई दशकदेखि
बेरोजगार छु हजुर
कवितालाई ढाँक्रेले झैँ
बोकेर शहरका गल्ली चारिरहेछु
किन हो थाहा छैन ?
उनले प्रश्न गरे
पेट पालिन्छ त ?
जेनतेन हजुर
उनी मसँगै मञ्चमा थिएँ
पानी दक्र्यो
घनश्याम चिच्याइरहे थ्यो
सुन्दर आकाशमा
उनको गाडीसँगै
आएँ ,उनी प्रश्न गरिरहेथे
अनौठा अनौठा
हजूर यतिबेला
नरेश शाक्य बोकेको छु
अझै बोहनी भएको छैन
खै किन ?
कविताले तानिरहेछीन्
म निःशब्द
श्याम एकनाश रोइरहेथ्यो
रामेछापको चियापसलमा
म कतै ओत खोज्दै थिएँ
पुरानो पीपलबोटमा
उनका प्रश्नले
मलाई कोतरी रह्यो
एक नास
कविताले पेट पालिन्छ
म निकै स्तब्ध भएँ
कुरा सुनेर ।