जनकम्युन को हुन् ? –वैरागी जेठा

२०७४ जेष्ठ २२ गते, सोमबार

सत्ताका पूजारीहरू
कुर्सी छोड्न तयार छैनन्
लगातार गुलामहरू नै
अगाडि बढिरहेछन्
दुखद समाचार ,
भाषा नबुझ्ने मानिसहरू
धेरै धेरै कम्युन छन्
सल्लाका पातहरूझैँ
यो देशमा !
तर को हो ?
जनकम्युन !
शत्रुहरूसँग घाँटी जोडेर
एकदम सजिलैसँग
भनिदिन्छ जिन्दावाद ।
जनसेनाका आँसु पिएर
आफ्नै टाउकाको मूल्य तोक्नेसँग
कुर्सि जोगाउन
संसद भवन कब्जा गरिरहेछ
एउटा उल्लू
मलाई लाग्छ !
लेकाली फूलहरूले
अझै कम्युन बुझेकै छैनन्
सोझा गाउँलेका
रगत पसीनालाई
आफ्नो आधार बनाएर
कुर्सी चढेका बोकाहरू
डुङडुङ गनाउँने भएका छन्
भोजत लुङ्ग्रीहरूले
खानु पर्ने हो
भोज ,सिँह दरबार खान्छ
हाम्रो सम्राट प्रचण्ड
जनसेनाबाट प्रफुल्लित छैनन्
भट्केर उनी
टाउकाका मूल्य तोक्ने
मठाधिसहरूसँगै हल गोरु भएर दगुरिरहेछन्
उनी अझै
अन्धकार यात्रा हिँडीरहेछन् ।
भाषा नबुझ्ने अनाथ
मानिसहरूलाई उभ्याएर
आफूलाई
महान् कम्युन भन्नेहरूसँग
यति बेला निकै घृणा जागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कलाकार लक्ष्मी श्रेष्ठको निधन

२०८२ असार २१ गते, शनिबार

मध्यरातमा धनुषा हिरासत

२०८२ असार १६ गते, सोमबार

तिम्रा पदचापहरु

२०८२ असार ३ गते, मंगलवार