हिँडु कहाँ – वैरागी जेठा

मल्ल्का आँसुहरू
मेरो थाप्लामा वर्षिए
मध्यान्हको
प्रचण्ड गर्मीले
लाश पोलेझै मलाई पोलिरहेथ्यो
हरेक वहालहरूमा
म उफ्रेर छटपटाइरहेँ
मल्लका आँगनमा
घामले
मलाई पोलिरहेथ्यो
हरेक चोकहरूले
मलाई डामी रहे
निरन्तर
हाँसिरहेका
मानव आकृतिहरू
ज्यापूदाईले बनाएका बुख्याँचाझैँ
रमाइरहेका थिए
मेरो शरिरबाट
बगेका पानीका भेलहरू
आतुर थिए
मल्लका आँसु पुछ्न
मेरो मन
मल्का परिश्रमहरूलाई
प्रेम गरिरहेको हुन्छ
वहालहरू
चुपचाप थिए
मसँग उम्लिएका
ज्वार भाटाहरू
आकाशको सूर्य खसालौँ झैँ गरिरहेका थिए
मेरो वर्तमान
खोपी भित्र ओथारो बसेको देखेर
आफैँ लाई घृणा लाग्छ
जीवनका हाँगाहरू लाछिएका छन्
आज
यात्रामा ठेस लाग्दा लाग्दै
बागडोलका धुलाहरू
मलाई कैद गर्छन्
मेरो दिन
म व्यूँझन पथ्र्यो
तर सकिरहेको छैन
मल्लका दरबारका वरिपरि
ज्यूँदा लाश भएर उभिएका घरहरू देखि
मलाई लाज लाग्यो
पुल्चोकको दरबार
निकै लुच्चो छ
एउटा बेश्या आइमाइको झाँक्रो झैँ
झाँक्रो फुकाएर
किच्च ,खुईपरेका दाँत देखाइरहेकी
जस्तो लाग्ने
घामले पोलिरह्यो
डामिरह्यो
मेरो हृदयलाई
जगदम्बाको शालिकमा
अडेस लाग्दा लाग्दै
आँखाबाट झरे
झर्नाहरू झैँ पानीका बाडीहरू
मल्लका
कलाहरू भत्काउँने गरि
मेरो आँखामा
पटिट् बानीरह्यो
जाउला खेल ।