धिमे बाजा प्रतियोगिता हुदै
काठमाडौं, ११ असोज । दोस्रो काठमाडौँ उपत्यकाव्यापी खुला धिमे बाजा प्रतियोगिता २०७४ यहाँ असोज १९ गते हुने भएको छ । मानन्धर व्यायाम मन्दिरले २५ औँ वसन्त पार गरेको अवसरमा भक्तपुरको पहिचान बोकेको धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले धिमे प्रतियोगिता गर्न लागेको मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले जानकारी दिएका छन ।
प्रतियोगितामा ४० टोलीको सहभागिता रहने कार्यक्रम संयोजक किशोर मानन्धरले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई धिमेका सामग्रीका साथै शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।