प्रेम र बृद्धउमेर – वैरागी जेठा

२०७४ आश्विन १३ गते, शुक्रबार

सृष्टिकाल देखिनै
प्रेम चलिरहे छ
निरन्तर चलिरहेछ
स–साना बालक देखि
सताप्दी बृद्ध उमेरसँग
गाढा प्रेम बसेको हुन्छ
जीवनका बागहरूमा !
बास्नामात्र प्रेम हैन
रस हो जीवन
प्रेम युद्ध चलिरहन्छ
चल्दै आइरहेछ
लगातार प्रेम गर्दै आइरहे
हरेक जीवहरूले
मान्छेसँगमात्र हुन्न
हरेक प्राणीहरूमा
प्रेमको उत्र्सगहुन्छ
वंश जोगाउन र
विभिन्न आशाका फूलहरू फुलाउँन
कैल्ये काहीँ
जीवहरू गल्ती गर्दछन्
प्रेम अपराध बन्ने गर्छ
तर त्यसो होइन
प्रेम कलेजोको टुक्रा हो
जहाँ हृदयको नदी भएर बग्छ
जीवित भएसम्म
प्रेम खतरा हुन्न
मलाई लाग्छ
पूर्ण प्रयत्नशील छन्
बालक र बृद्धहरू
प्रेमका गुलाफहरू झैँ फुल्न
व्यथित हुनु हुँदैन
हामी मानव हौँ
बृदहरूसँग
अथाह प्रेमका गुच्छाहरू हुन्छन्
उनीहरूका आँसुमा पनि
प्रेम बगिरहेको हुन्छ
उनका अङ्गहरू
जतिसुकै चाउरी परेर
मुजा मुजा भएर खुम्चिए पनि
सुन्दर प्रेम
इन्द्रावती झै बगिरहेको हुन्छ
त्यसैले उनीहरू
आपसका न्यानो साटीरहेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार