हामी उत्तर खोजीरहेछौं – उमेश राई

२०७४ आश्विन २० गते, शुक्रबार

कल्ले बनायो यो देश ?
कल्ले चलायो यो देश ?
र बनायो हामीलाई
संसारकै कमजोर
संसारकै अपहेलित
संसारक गरीब

कल्ले बनायो यस्तो निति
कस्ले बसायो यस्तो थिती
रातो रगत हुने मान्छे
कोहि उच रे कोहि दलित !!

अब उत्तर खोज्नु पर्छ
जनता बेच्ने शासक संग
अब उत्तर खोज्नै पर्छ
देश चुस्ने शासक संग
वीर गोर्खालीको नाम दिदै-
भाडामा लाउने को हो हामीलाई ?
पाइला पाइलामा अपमानित हुँदै
सेखको गुलाम बनाउने को हो हामीलाई ??

मलेसिया तामिलले कुकुर कुटेझैं कुट्छ
कोरियामा कोरियनले सिक्या भन्दै थुक्छ
यल्ला, सुरा सँगै कल्फ र हुमार भन्दै-
मुदिर कराउँछ खाडीमा
एउटा अभावग्रस्त देशको-
सस्तो मजदुरको बिल्ला छ नाडीमा

भत्काउनै पर्छ सामान्ती उखान
“नसोध देशले मलाई के दियो
सोध देशलाई मैले के दिएँ”
अब सोध्नु छ, हो अब सोध्नु छ

ए देश हाक्नेहरु सासकहरु हो! जवाफ देउ
देश भनेको ढुंगामाटो हो कि जनता हो ?
नदि खोलाको मन राख्छौ कि जन पहिचानको?
अतह
देशको नाममा तिमीले चुसेको हाम्रो खुन पसिनाको
हिसाब खोज्दै छौं, हामी हाम्रो जिवनको सिमानाको

उत्तर देउ उत्तर
नत्र
रोप्न सकिन्छ बिरुवा
बिरुवा आफ्नै मुक्ती र देशको
र हुर्काउन सक्छौं नव क्याटोलिन सपनाहरु ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार