चेग्वेभारा आऊ – वैरागी जेठा

२०७४ आश्विन २६ गते, बिहीबार

पिलीको आकाशमा
थवाङ्का आँगनमा
उत्सुकता र त्रासको वातावरणमा
टहरो भित्र छिर्दैछु
पर्खालहरू नाघेर
अग्ला अग्ला शैलुङहरू चढीरहेछु
जीवनका यात्राहरूमा
सामरिक भञ्ज्याङहरू
पाठशाला बनिरहेछन्
मेरा आँखाहरू ठोकिन्छन्
तिम्रो शिरमा
मलाई पराजित गर्न उम्लिरहेका
ठेउला जस्ता फोकाहरू
आफैँ रोइरहेछन् ,चिच्याइरहेछन्
त्यसैले डाकीरहेछु
चेग्वेभारा आऊ भनेर
थवाङ घुम्दा
नेपाली पहाडहरू
मसँगै चिच्याइरहेको देखेँ
स्थानीय कार्यकर्ताहरूले भने
खै तेरो चेग्वेभारा
एकाएक मुखबाट फुत्कियो
उनी आउँदैछन्
लुङ्ग्री मुस्कुराइन्
अल्लारे कार्यकर्ताहरू
मलाई आक्रमण गरिरहेछन्
पूर्वपश्चिम बहिरहेका
तिम्रा स्वास प्रस्वासहरू
एकाएक ठोकिन्छन्
मेरा परेलाहरू
सम्झीन्छु
तिम्रा स्वभावहरूलाई
शुकुलमा बसेर पढ्छु
मैले विचार गरेँ
इच्छुकका
सम्झनास्वरूप काव्यलेखूँ
जहाँ तिमीले
रक्तिम सेनाहरू पठाउँदैछौ
उच्च उत्साह भएकाले
अहिलेसम्म जीवीततै ठानेर
तिम्रो सैन्यकला पढीरहेछु
लुङ्ग्रीको पिढीँमा
पर्खिरहेछन् तिमीलाई
मेरा ग्रामणि जीवनहरूले
शत्रु अझै आक्रमक भइरहेछन्
आऊ चेग्वेभारा
शत्रुहरू आधार खोजिरहेछन्
अलमोडाको भूमिमा
नालापानी थुनिरहेछन्
कुमाउका आँगन भत्काउन
अन्धकार पूर्ण छ , मेरो देश
यतिका वर्षसम्म
हामीले गाएका गीतहरू
संकष्ट र संघर्षका पर्दाहरू उघार्न
तिम्रो पर्खाइमा छ
इच्छुकसँगसँगै
तिमी उभिरहेझैँ लाग्छ
हाम्रा वर्गशत्रुहरू उडाउन
तिमी चाहिएको छ
प्रिय चेग्वेभारा !
हाम्रा रथीहरू भागिरहेछन्
तिमीले सम्झाउनु पर्ने भएकाले
आफ्नो कर्तव्य ठानी
आऊ
हामीलाई सल्लाहदिन
हामी युद्धमैदानमै हुने छौँ
मारिएको छ युद्धको उत्साह
मेरा दुनैका खर्कहरू बाट
बगिरहेका छन् आँसुहरू
दलालका धमिराहरू
हाम्रो घर छिरिसकेकाछन्
आऊ चेग्वेभारा !

चेग्वेभारा आऊ
नेपाली हिमालहरू बाट बग्दै
झर यहाँ
नेपाली माटो फेर्न
समाजका फोहर फाल्न
चेग्वेभारा आऊ
सत्ता बदलिए
मौषम अनुसार
तर
समाज उही दासत्वमा छ
मान्छेहरू मान्छे जस्ता छैनन्
नेता नेता जस्ता छैनन्
मेरो सगरमाथाको देशमा
खारा ,दोरम्बा र सल्लेरी टेक्दै
बेनी आऊ ।
अब तिम्रा तस्बीरहरू
जथाभावी टाँसिनु हुन्न
चेग्वेभारा
तिम्रो दर्शन अनुशार
मेरो देशमा कोही छैन
एकपटक
जसरी भएपनि
आऊ
कान्तिपुरमा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार