होचा कलाकार दिपेनको निधन

२०७४ कार्तिक ३० गते, बिहीबार

काठमाडौं , ३० कात्तिक । होचा कलाकार दिपेन शाहको बिहीबार बिहान ७ः१५ बजे १९ वर्षको उमेरमा निधन भएको छ । नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए । उनीको उचाई ३१ इञ्च मात्र थियो । धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिनअघि काठमाडौं फर्किएका थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन् । उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार