कथित गणतन्त्र – झनक श्रेष्ठ ‘प्रज्वल’

२०७४ मंसिर ११ गते, सोमबार

आयो भन्छन् गणतन्त्र
खोइ कहाँ आयो गणतन्त्र ?
आयो भन्छन् लोकतन्त्र
खोइ कहाँ आयो लोकतन्त्र ?
ए कठपुतलि हो
कता लादैछौं देशलार्र्ई
ए तस्कर हो
कहाँ धकेल्दैछौ देशलाई
ए लम्पट भ्रष्टहरु
कहाँ लुकाउँदैछौैं कालोधन
ए सुदखोर हो
कति खान्छौ भन कमिशन
कमिशन कति खान्छौ
ए खुपिया एजेन्सिका दलाल हो
भागबन्डाको फोहोरी खेल खेल्दै
जनताको पसिना र रगतको आहालमा
आयो भन्छन् गणतन्त्र
खोइ कहाँ कहिले आयो गणतन्त्र ?
गरिबीको झुपडीमा ?
आयो भन्छन् लोकतन्त्र
खोइ कहाँ आयो लोकतन्त्र ?
गाउँ र शहरहरुमा
आयो त केबल सिंहदरबारमा
आयो त केबल बालुवाटारमा
खोइ कहाँ आयो गणतन्त्र ?
मेरो देशमा । मेरो झुपडीमा ?

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार