मतपत्र – गंगा आचार्य

२०७४ मंसिर १७ गते, आईतवार

सोचेँ
एकैतिर जादैछौं
परिचय गर्छु
बृद्द बा सँगै बाटो कटाउँछु।
मात्र भनेकी थियँ
बा नमस्कार
सायद
सोच्नु भएछ बा ले
यो पनि भोट नै माग्ने हो
त्यसैले होला
एकै सासमा भन्नुभयो
सन्तानको भविष्य अन्योलमा छ
यसपालिको भोट
पत्र मञ्जुसामा खसाल्छु
उनिहरुकहाँ कहिल्यै पुगेन छोरी
मेरो मतपत्र।
किन र बा भन्न नपाउँदै
उच्च आवाजमा हुइँकियो ठुलो ट्रक
उबड खावड बाटोमा
धुलो उडाउँदै उडाउँदै
बा लगातार खोकीरहनु भयो
लगातार।
नाक मुख थुन्दै
मेरो मनले मेरै मनलाई भन्यो
हो बा
हजुरको मतपत्र
उनिहरुकहाँ पुगेको छैन
नत्र
किन भत्किन्थ्यो देश यति बिध्न।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार