गजुरेल दम्पत्तिको डिभोर्स !

२०७४ माघ ४ गते, बिहीबार

काठमाडौं , ४ माघ । हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । मनोज र उनकी पत्नि मिना पारिवारिक सहमति र सल्लाहपछि व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका छन् । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।
मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् । यो निर्णयलाई दुवैले सम्बन्धको ह्याप्पी इण्डिङका रुपमा लिएको प्रतिकृया दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार