देश भन्छ बचाउ – बादल क्षेत्री

२०७४ चैत्र ४ गते, आईतवार

आउ आउ भनी देश भन्छ बचाऊ मलाई जसै भएपनी,
हाँस्ने हिमाल रुदै भन्छ शिर उठाई आऊ जहाँ भएपनी !!

नभूल भन्छ देश जन्मेर हुर्किएको ठाउँ जहाँ गए पनी,
आफनै दाजुभाई दिदीबहिनीले मायाँ गर्छन रिसै भएपनी !!

चैतमा काफल पाक्यो भन्दै आउछे चरी तिमि नभएपनि,
पुर्णिामाको जुनले खोज्छिन तिमिलाइ अधेरी रातमा भएपनि !!

बुढी आमा घर फर्के हुन्थियो भन्छिन दाजुभाइ जहाँ भएपनि,
बरु संगै खोले,सिस्नु खाउला जतिसुकै दुख पिडा भएपनी !!

सबै युवा लाहुर हिड्दा आजभोलि गाउँ घर नै उजाड भयोनि,
बरु आउ आफ्नै देश बनाउन काँधमा काँध जोडेर भएपनि !!

नत्र पुर्खाले धिकार्ने छन हामी सबै लाइ जतिसुकै धन कमाएनी,
पुर्खाको रगत र बलिदानले हामीलाई सराप्ने छ नेपाली भएनि !!

आउ आउ भनी देश भन्छ बचाऊ मलाई जसै भएपनी,
हाँस्ने हिमाल रुदै भन्छ शिर उठाई आऊ जहाँ भएपनी !!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार