खुट्टा नाप – बलराम तिमल्सिना

२०७५ बैशाख १० गते, सोमबार

खुट्टा नाप साथी हो खुट्टा नाप है !
बजारमा जुत्ता आयो खुट्टा नाप है !

ठूला भए ताछ्नु पर्छ छोटा भए गाँस्न !
कस्तो कस्तो देखिदै छ पर्ने रैछ वाँच्न !
खुट्टा हेरी जुत्ता छान्ने जमाना हरायो !
खुट्टा जोगिने हो हैन मन यो डरायो !

खुट्टा काट साथी हो खुट्टा काट है !
जुत्ताभन्दा ठूला सवै खुट्टा काट है !

आयो बजारमा धुम्वाराही छाप जुत्ता !
आजै जाऊ ऐले छाऊ नापी आऊ खुट्टा !
नाथे खुट्टा काट ताछ गाँस जुत्ता लाऊ !
धुम्वाराही जुत्ता लाई हौसिऊ रमाऊ !

खुट्टा गाँस साथी हो खुट्टा गाँस है !
साना खुट्टा हुनेहरूले खुट्टा गाँस है !

बनाएछन् नेताजीले एकै नापका जुत्ता
अव छिट्टै बनाउँने रे एकै नापका खुट्टा
खुट्टाबाट जुत्ताबाट आयो समाजवाद
समाजवाद खै भन्नेलाई गतिलो छवाफ

खुट्टा बचाऊ साथी हो खुट्टा बचाऊ है !
च्याप्प समाई काटिदेलान खुट्टा बचाऊ है !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार