महिला संचारकर्मीलाई हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएका छन् – संगीता पन्त थापा (वरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन)

२०७५ बैशाख १८ गते, मंगलवार

० कहिलेबाट सञ्चार क्षेत्रमा आबद्ध हुनुभयो ?
डिप्लोमाको नतिजा भर्खरै आएको थियो, नेपाल टेलिभिजनमा विभिन्न किसिमको तालिम खुलेको थाहा पाएँ । कार्यक्रम प्रस्तुतको दुई महिने तालिम सकिनासाथ नेपाल टेलिभिजनको कार्यक्रम सञ्चालन गर्ने अवसर पाएँ र निरन्टर टेलिभिजन पत्रकारितामा सक्रिय छु ।
० कसरी प्रेरित हुनुभयो सञ्चारमा आउन ?
एसएलसीपछि आइकम र बीकम पढ्दा पढ्दै म अकाउण्टेन्ट भएर काम पनि गर्थे । मेरो बुवा नेपाल टेलिभिजनमा काम गर्नुहुन्थ्यो । उहाँको प्रेरणा र टेलिभिजन हेर्दा आपूmलाई यस क्षेत्रमा काम गर्ने इच्छा धेरै नै थियो, बनाइदियो तालिमले ।
० टेलिभिजन बाहेक के गर्नुहुन्छ ?
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु तर नेपाल टेलिभिनजको स्थायी कर्मचारी भएकोले बढी समय यसैमा वित्छ ।
० घर अनि अफिसको समयलाई कसरी म्यानेज गरिरहनु भएको छ ?
गाह्रो छ दोहोरो भूमिका निर्वाह गर्न हरेक महिलालाई समयको तालिका मिलाउन । कार्यक्रम निर्माणको क्रममा छायाँकनको लागि विभिन्न ठाउँमा जानुपर्ने हुन्छ । कार्यक्रम निर्माण रमाइलो काम पनि हो । आफ्नो काम प्रतिको मोह, घर परिवारको सकारात्मक प्रेरणा र सहयोगले घर अफिस अनि जीवन सुचारु रुपले चलिरहेको छ ।
० एउटा महिलालाई यो क्षेत्रमा निरन्तरता दिनको लागि कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ ?
महिलालाई कामको रुपमा लिनको लागि संचार मात्र नभई जुनसुकै क्षेत्रमा पनि चुनौती नै छ । कानुनमा सुनिश्चित भएका कुराहरु कार्यान्वयन नहुनु, निर्णायक तहमा महिला संचारकर्मीको न्यून सहभागीता हुनु, महिलाको कार्य क्षमतामा नै कम विश्वास गरिनु आदी नै यस क्षेत्रका प्रमुख चुनौतीहरु हुन् तर समय फेरिँदै छ, हिजो भन्दा महिला संचारकर्मीलाई हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएका छन् । यी सकारात्मक कुरालाई आत्मसात गरी कर्म क्षेत्रमा अगाडि बढ्नु र संचार क्षेत्रमा निरन्तरता दिनु महिला संचारकर्मीको अवसर र चुनौती दुबै हुन् ।
० संचार क्षेत्रमा लागेर बाँच्नका लागि कत्तिको सहज अवस्था छ ?
निश्चय नै गाह्रो छ, किनकि निजी क्षेत्रमा कार्यरत संचारकर्मीलाई त झनै असहज छ । न्यूज दिइने, महिनौसम्म पारिश्रमिकका लागि कुर्नु पर्ने बाध्यता निजी क्षेत्रको संचार माध्यममा बढी पाइएको छ तर सरकारी संचार क्षेत्रमा समान भएकोले सहज मान्न सकिन्छ ।
० मिडियामा करियर बनाउन चाहने महिलालाई के सुझाव दिनु हुन्छ ?
भनिन्छ, अवसर र क्षमताको कुनै मापदण्ड हुँदैन यस क्षेत्रमा थुप्रै प्रतिभावान क्षमतावान महिला संचारकर्मीको सक्षमता बढ्दो छ । आज भोलि पत्रकारिता विषयको पढाई सहज युवाहरुको रुची अनि बढ्दै गएको संचार गृहको अवस्थाले निडर र प्रतिभाशाली संचारकर्मी महिलाहरु बढेको पाइन्छ । त्यसैले आफ्नो दृढ इच्छा शक्ति आपूmलाई सही ढंगले प्रस्तुत गर्न सक्ने क्षेत्र अझ भन्नुपर्दा नाम कमाइने भएकाले आधा आकाश ढोका महिलाहरुको लागि संचार क्षेत्र उत्कृष्ट छ ।
प्रस्तुति– रमेशकुमार बोहोरा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार