खै जिन्दगी – लिला दाहाल

२०७५ जेष्ठ २८ गते, सोमबार

जीन्दगीका संघर्षमा उत्रिएको खेलाडी
छैन कुनै युद्धमा हिडेको मान्छे भन्दा कम
समस्या र जन्जिरको युद्धै युद्धको मैदानमा लडेर
उत्रिन खोज्छ ईनारमा परेको मान्छे जस्तो
तर खै कहिल्यै नरोकिने यो जीवन युद्ध
न कुनै जित छ न कुनै हार
हार न जित बिनाको यो जीन्दगीको पार

सपना देख्छ चंगा झै उडेर
नयाँ ग्रहमा
नयाँ संसार बनाउने
जहाँ कुनै मानिसको सपना महल नढ्लोस
पिजडाको पंक्षी जस्तो नहोस
बोक्सी को नाममा असाय नारी जल्नु नपरोस्
दाइजोको नाममा कोहि झुन्डिन नपरोस्
जीवन धान्नकै निम्ति परदेशको मुरुभुमिमा
कहिल्यै नबिउझिने गरि निदाउन नपरोस्
जहाँ श्रमजीवीको रगत चुसेर
परजीवी जस्तो मोटाउने शासक नबनोस

खुशीको बिट मार्न नपाउदै
सपनाबाट बिउझिएर फेरि
यहि घर्ती को अखबार पल्टाउन पुग्छ
हजारौं जीवन को युद्धमा लडेर
पसिना रुपि रगतमा छ्ट्पटिएकाको
कथा पढ्छ
अनि सोचाइको गहिराईमा पुगेर खोज
खै जीन्दगी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार