नारी वारेको विभ्रम – बलराम तिमल्सिना

२०७५ असार २ गते, शनिबार

‘नारीहरू सुन्दर हुन्छन् ‘
कसले भन्यो यो फाल्तु कुरा ?
सुन्दर नारीहरूले कसरी –
कुरुप पुरुषसँग प्रेम गर्छन् ?

‘नारीहरू सहनशीला हुन्छन्’
कुन अत्याचारी मानिस हो यसो भन्ने ?
हेरेको छ कसैले
नारीभित्र दन्किरहेको डँढेलो ?

‘नारीहरू कोमल हुन्छन् ‘
कुन पागल हो यसो भन्ने ?
कोमल मनले खप्न सक्छ-
हजारौं वर्षदेखिको
दमन उत्पीडन र भेदभाव ?

‘नारीहरूको रुद्रघण्टी हुदैन ‘
कुन शास्त्र हो यसो भन्ने ?
घरको गोपनीयता लगेर
भट्टीको भित्तामा टाँग्ने
र घरको जवानी लगेर
रेड लाइट सरहदमा पोख्ने
कुनै नारीहरूले गरे यस्तो ?

‘नारीहरू कमजोर हुन्छन् ‘
यो कुन शासकीय वाणी हो ?
कसरी जन्मे
कमजोरहरूका कोखबाट
विश्व हल्लाउँने वलवानहरू ?
कसरी चलाए कमजोरहरूले
सिङ्गै आधा समाज ?
कसरी धाने कमजोरहरूले
झण्डै पूरै श्रृष्टी ?
किन कमजोर नारीको पछाडि
लाग्ने गर्छन्-
सयौं वलवान पुरुषहरू ?

आजैबाट वन्द गर वकवास
नारी कोखबाटै जन्म लिएर पनि
नारीहरूकै काँखमा
लुटपुटिदै हुर्केर
नौजवानीपछि पनि
नारी काँखमै मस्केर खेलेर
हजारौं वर्ष सङ्गत गरेर पनि
नारीसँग
नारीहरूकै वारेमा अनभिज्ञ
तमाम नारीविज्ञहरू हो
मिल्काऊ सवै प्रमाण पत्र
र भर्ना होऊ आजै
प्रि- प्राइमरी पाठशलामा !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार